मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

१५ जेष्ठ २०७६, बुधबार १४:४४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १५ जेठ । कुनै समयमा ईमेल भन्ने बित्तिकै याहुको वर्चश्व थियो । आउट लुक र हटमेलको पनि आफ्नै स्थान थियो तर अहिले संसारका धेरैजसो स्थानमा जिमेलले यी सबै माध्यमलाई विस्थापित गरेको छ । गुगलको तिव्र विकाससँगै गुगल मेल अर्थात जिमेललाई अहिले अफिसमा काम गर्नेदेखि लिएर सर्वसाधारणसम्मले प्रयोग गर्ने गरेका छन् । सबैको पहुँचमा पुराउनका लागि कम्पनीले विभिन्न फिचर समेत जिमेलसँगै जोडेको छ । वास्तवमा भन्नुपर्दा गुगलका सबै आईडीलाई अहिले जिमेलमै जोडिएको छ । जिमेल आईडीले गुगलका लगभग सबै सेवालाई जोड्छ ।

यसैबेला जिमेल आईडी कसरी बनाउने भन्ने प्रश्न नयाँ प्रयोगकर्ता वा भर्खरै इन्टरनेट सिक्दै गरेका विद्यार्थीहरुका लागि उब्जन सक्छ । साथै मोबाईल प्रयोगकर्ताहरुले पनि कसरी जिमेल आईडी बनाउन सक्छन् भन्ने प्रश्न उठ्नसक्छ । किन कि मोबाईलमा समेत आजभोलि जिमेल आईडीको ठूलो भूमिका रहन्छ । यहाँ हामीले मोबाईलबाट जिमेल आईडी बनाउने तरिकाका बारेमा भिडियो निर्माण गरेका छौँ । हेरौँ यो भिडियो । भिडियो कस्तो लाग्यो भिडियोको कमेन्टमा लेख्न नभुल्नुहोला ।

पहिलो तरिका

मोबाईलबाट जिमेल आईडी बनाउनका लागि विभिन्न तरिकाहरु छन् । पहिलो तरिका हो–तपाईले मोबाईलमा भएका वा डाउनलोड गरिएका गुगल क्रोम, फायरफक्स, ओपेरा, ईन्टरनेट वा अन्य ब्राउजरमा गएर जिमेल आईडी बनाउन सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिला तपाईको कुनै ब्राउजरमा जानुहोस् र एड्रेस बारमा (वेबसाईटको युआरएल ठेगाना टाईप गर्ने ठाउँमा) www.gmail.com टाईप गर्नुहोस् । त्यसपछि खुलेको जिमेलको बक्समा Create New मा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईले First Name भन्ने ठाउँमा तपाईको नाम राख्नुहोस् र Last Name  भन्ने ठाउँमा तपाईले आफ्नो थर लेख्नुहोस् । सकेसम्म तपाईँले आफ्नै वास्तविक नाम राख्नुभयो भने राम्रो हुन्छ । किन कि यसो गर्दा तपाईको आईडीहरु सुरक्षित रहन्छन् र पछि केही समस्या आएमा समाधान गर्न पनि सजिलो हुन्छ । त्यसपछि नेक्सटमा क्लिक गर्नुहोस् र तपाईको जन्म मिति र लिंग लेख्नुहोस् ।

यसमा पनि तपाईले सही जन्म मिति राख्नुहोस् र लिंग लेख्ने ठाउँमा महिला वा पुरुष मध्ये कुनै छान्न वा कुनै नराख्ने भए Rather Not To Say  मा क्लिक गर्न सक्नुहुन्छ । जन्म मिति राख्दा तपाई उमेरलाई ईस्वी सम्वतमा परिवर्तन गरेर वर्ष, महिना र गते क्रमश लेख्नुपर्छ । यदि तपाईलाई मिति परिवर्तन गर्न आउँदैन भने नेपाली पात्रोमा हेर्न वा कन्भर्ट गर्न सक्नुहुन्छ । त्यसपछि Next मा क्लिक गर्नुहोस् ।

 

त्यसपछि जिमेल आईडी के राख्ने भन्ने अप्सन खुल्छ । भिडियोमा देखाएजस्तै गरी तपाईले त्यहाँ जिमेल आईडी छान्न सक्नुहुन्छ । जिमेल आईडी राख्ने ठाउँमा पहिला नै जिमेल डटकम पछाडि दिइएको हुन्छ त्यसैले जिमेल डटकमभन्दा अगाडिको मात्र आईडी तपाईले राख्नुभए हुन्छ । जिमेल डटकम हानिरहनुपर्दैन । यदि तपाईले लेख्नुभएको आईडी कसैले लिइएसकेको छ भने तपाईले नेक्स्टमा क्लिक गर्दा त्यहाँ रातो देखाउँछ र त्यो आईडी अरु कसैले लिईसकेको भन्ने अप्सन आउँछ । अनि त्यस्तो अप्सनमा आउँदा तपाईले राख्नुभएको नामसँग मिल्दोजुल्दो कुनै उपलब्ध हुने र बनाउन मिल्ने आईडी पनि देखाउँछ । त्यसमा तपाईले कुनै छान्न पनि सक्नुहुन्छ अथवा त्या नछानिकन तपाईले राख्नचाहानु भएको आईडीमा कुनै अंक थपेर वा अक्षर थपेर तपाईले नयाँ आईडी बनाउन सक्नुहुन्छ ।

 

 

तपाईले उपलब्ध भएको आईडी बनाएर नेक्स्ट गरेपछि Create Password  भन्ने अप्सन आउँछ र त्यसको तल  Confirm भन्ने अप्सन आउँछ ।

 

 

तपाईँले त्यहाँ याद गर्नुभयो भने कम्तिमा पनि पासवर्ड ८ अक्षर वा अंकको हुनुपर्छ भनिएको छ । त्यहाँ तपाईले सम्झने तर अरुले अन्दाज गर्न नसकिने खालको पासवर्ड राख्नुहोस् । किन कि तपाईको पासवर्ड अरुले थाहा पायो भने त्यो असुरक्षित हुन्छ । त्यसैले कसैलाई पनि आफ्नो पासवर्ड नबताउनुहोस् । तपाईले आफ्नो पासवर्डमा आफ्नो नाममात्रै, जन्म मिति, वा अन्य विशेष मितिहरु मात्रै नराख्नुहोस् । बरु तपाईको नाम राख्नुभयो अथवा अरु शब्द राख्नुभयो भने त्यसमा कुनै अक्षर क्यापिटल, स्मल वा कुनै अंक थप्नुहोस् । साथै स्पेशल क्यारेक्टरहरु जस्ते एड द रेट, ह्यास, ह्वाट, कमा लगायतका अक्षरहरु पनि थप्नुहोस् । यसो गर्दा तपाईको पासवर्ड निकै बलियो र सुरक्षित हुन्छ ।

यसरी पासवर्ड राखेर नेक्स्ट गरेपछि तपाईको फोन नम्बर राख्ने अप्सन आउँछ । त्यसमा तपाईको फोन नम्बर राखेर सेण्ड भेरिफिकेसन कोडमा क्लिक गर्नुहोस् । यसो गर्दा गुगलको ४ वटा अंकको पासवर्ड तपाईको एसएमएसमा आउँछ र त्यसलाई ईन्टर भेरिफीकेसन कोड भन्ने अप्सन आएको ठाउँमा हानेर भेरिफाई मा क्लिक गर्नुहोस् । यसो गरेपछि तपाईको मोबाईल नम्बर भेरिफाई हुन्छ । तपाई मोबाईल नम्बर राख्न चाहानुहुन्न भने स्कीपमा क्लिक गर्न सक्नुहुन्छ तर सकेसम्म तपाईले फोन नम्बर राखेको राम्रो हो । यसो गर्दा कुनै दिन तपाईले पासवर्ड बिर्सनुभयो भने फोनबाट अनलक गर्न सकिन्छ । यसरी तपाईको आईडी बन्यो र अब तपाईँले जिमेल डटकममा गएर भर्खरै बनाएको आईडी र पासवर्ड हालेर लग अन गर्न सक्नुहुन्छ । जिमेललाई तपाई ईमेल पठाउन मात्र नभई युट्युब च्यानल बनाउन तथा विभिन्न अन्य सेवाहरु प्रयोगका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका

मोबाईलबाट जिमेल आईडी बनाउने दोस्रो तरिका भनेको सिधै जिमेल एपबाट आईडी बनाउनु हो । आजभोलि धेरैजसो एण्ड्रोईड फोनहरुमा जिमेल एप नै हुने भएकोले तपाईले ब्राउजरबाट ईमेल आईडी बनाउन खोज्दा पनि युज द वेब भर्सन वा ओपन द जिमेल एप भन्ने अप्सन आउँछ । तपाईले वेब भर्सन क्लिक गर्नुभयो भने भर्खरै माथि उल्लेख गरिएको जस्तो गरी ईमेल आईडी बनाउन सक्नुहुन्छ र यदि ओपन द जिमेल एप भन्नेमा क्लिक गर्नुभयो भने जिमेल एपमा आईडी बनाउन सक्नुहुन्छ । यसरी तपाई कुनै वेब ब्राउजर वा सिधै प्ले स्टोरबाट जिमेल आईडी डाउनलोड गरेर त्यसैमा आईडी बनाउन सक्नुहुन्छ । प्ले स्टोर चलाउन जिमेल आईडी नै चाहिने भएकोले तपाईले जिमेल एप चलाउनुहुन्छ भने त्यसमा पहिले नै जिमेल आईडी बनिसकेको हुनुपर्छ । त्यसैले तपाईले नयाँ आईडी बनाउन पहिले अन्य जिमेल आईडी लग आउट गर्नुपर्छ अथवा एड न्यू आईडीमा गएर गुगलमा क्लिक गर्नुपर्छ । त्यसपछिका तरिकाहरु माथि पहिलो तरिकामा देखाइएको जस्तै तरिका हो ।


यो पनि हेर्नुहोस्

मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?
पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

के तपाईँ फेसबुक वा ट्वीटर जस्ता सामाजिक संजालमा फेक –नक्कली) आईडी बनाईरहनुभएको छ ? न केटी बनेर दुनियाँलाई झुक्काईरहनु भएको छ कि ? उसो भए सावधान अब तपाईको शैतानी दिमागलाई चुनौति दिन अर्थात तपाईको पोल खोल्न वैज्ञानिकहरुले नयाँ तरिका विकास गरेका छन् । फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । विभिन्न एजेन्सीहरुमा आएको समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।

फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ? फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।

ट्वीटरले प्रयोगकर्ताको डाटा बेचेको खुलासा, तपाईको पनि बेचियो कि ?

डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको पाइएको छ । ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको पाइएको छ ।

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)

पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*