पत्रकार सम्मेलनमै चर्काचर्की, कन्सल्टेन्सीहरुले कसरी अनुमति पाउने ? (भिडियो)

१४ जेष्ठ २०७६, मंगलवार ०७:५१
Featured Video Play Icon

मकवानपुर, १४ जेठ । मकवानपुरको हेटौँडामा सञ्चालित विभिन्न ट्युशन, कन्सल्टेन्सी तथा कोचिङ सञ्चालकहरुले कानुन र निर्देशिकाहरुमा द्विविदा हुँदा आफुहरु चौतफी समस्यामा परेको बताएका छन् । सोमबार न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा यसै विषयलाई लिएर पत्रकार र कन्सल्टेन्सी सञ्चालकहरुबिच नै चर्काचर्की भयो । ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समिति संयोजक किशोर अर्यालले सरकारले भने बमोजिम ४–५ ठाउँमा दर्ता गर्दा पनि अनुमति चाहिँ कहाँबाट पाउने भन्ने विषयमा ऐन नियमका कारण द्विविधा भएको बताए । केही सञ्चालकहरुले पत्रकारहरुले समाचार लेखेको विषयमा चित्त दुखाउँदै चर्काचर्की समेत गरे भने पत्रकारहरुले आफुहरुले कसैको पछि लागेर समाचार नलेखेको तर अनुगमन टोलीले सार्वजनिक गरेको कुरा मात्र लेखेको बताए । ऐन नियमका कारण समस्यामा परेको भएता पनि ट्युसन तथा कोचिङ कक्षाका सवालमा प्रमुख जिल्ला अधिकारी हदैसम्मको लचिलो हुनु खुशीको कुरा भएको भन्दै कन्सल्टेन्सीको लोभ नगरी ट्युसन सेन्टर र कोचिङ सेन्टर चलाउनु बुद्धिमानी हुनुपर्ने पत्रकारहरुले धारणा राखे । हेर्नुहोस् चर्काचर्की भएको भिडियो–

पत्रकार सम्मेलनमा बोल्दै अर्यालले आफुहरुले ऐन, कानुनमा द्विविदा हुँदा समस्या सधै तनाव उत्पन्न भएको बताए । संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले शिक्षा सम्वन्धी आआफ्नो कानुन निर्माण गरेको हुँदा आफुहरुले कुन निकायमा गएर दर्ता गर्ने भन्ने विषय नखुलेको उनको भनाई रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले टिउसन तथा कोचिङ सञ्चालनको कार्यविधि निर्माण गर्दै कुन तहमा आफुहरुले दर्ता गर्दा निर्धक्क भएर कार्य सञ्चालन गर्न पाउने भन्ने विषयको टुंगो लाग्नु पर्ने बताए ।
मकवानपुरको सबै ट्युसन तथा कोचिङहरुले तनावको वातावरण सृजना गर्नु परेको भन्दै आफुहरु कानुनी दायरामा आउन खोज्दा पनि सरकारले सहजिकरण नगर्दा समस्या परेको बताए । यसैबिच समितिले सातदिने आन्दोलनको कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्र्तगत मंगलबार सर्वपक्षिय छलफल गर्ने, मंगलबारबाटै सबै ट्युसन तथा कोचिङ कक्षा सञ्चालन नगर्ने, १५ गते सम्पूर्ण शैक्षिक सस्था बन्द गर्ने, १६ गते प्रदेश मन्त्रालयमा डेलिगेसन जाने र अन्तिम दिन १८ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ताला बुझाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
यो पनि हेर्नुहोस्

मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’

चर्चित गायिका मिङ्स लामाले जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अवार्ड जित्न सफल भएकी छिन् । जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । नोमिनेशनमा परेका अन्य गायिकाहरुलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । मिङ्सलाई तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड प्रदान गरिएको हो । हेरौँ अवार्ड वितरणको झलक–

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

रेखा थापाको खुलासा–‘छबि र शिल्पाको २ वर्षअघि नै विवाह भईसक्यो’
निकै नै चर्चामा रहेको निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेलको २ वर्ष अघि नै विवाह भइसकेको खुलासा भएको छ । नायिका रेखा थापाले छबी र शिल्पाको विवाह भइसकेको खुलासा गरेका हुन् । छबी की पुर्व पत्नी थापाले एक अनलाइनको पहिलो बार्षिक उत्सवको अवसरमा प्रकाशित स्मारिकामा उक्त कुराको खुलासा गरेकी हुन् । मिडियाको पछिल्लो अवस्थाको चर्चा गरिएको ‘मिडियाले पक्षधरता लिनुभएन’ शीर्षकको उनको लेखमा रेखाले भनेकी छिन् ‘तर इरिटेट त्यहाँ नेर हुन्छ जब मलाई छबी ओझासँग अहिले पनि जोडिन्छ । जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो । यहाँ नेर चाहीँ विभेद गरेजस्तो लाग्छ । किनकी जसले विवाह गरिसकेको छ उसलाई उसको वैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक पटक म माथि नै किन प्रहार गर्छ मिडियाले ?’

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी
सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*