बन्दको दिन मनहरीमा यस्तो भयो

१३ जेष्ठ २०७६, सोमबार १८:०२

जयराम मोक्तान, १३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको प्रभाव पश्चिम मकवानपुरको मनहरी पनि पर्यो । बन्दले मनहरीवासीको मात्र नभई मनहरीसँग सिमाना जोडिएका विकट गाउँका बासिन्दाहरुको समेत जनजिवन प्रभावित पार्यो ।

बन्दका कारण मनहरीका विभिन्न सामुदायिक विद्यालय , निजी विद्यालय , विभीन्न कार्यालय तथा ब्यापारिक क्रियाकलापहरु प्रभावमा पर्यो । सामान्य समयमा मनहरीका पसलहरु सबेरै खुलाइएता पनि आज भने बन्दको प्रभावले गर्दा बजार सबै बन्द रह्यो । आज अन्य समयमा भन्दा बढी त्रासको वातारण पनि देखियो । त्यस्तै विद्यालय सञ्चालन हुने आशामा विद्यालय पोसाकमा सजिएर केही विद्यार्थीहरु स्कुल बसको प्रतिक्षा गरिरहेपनि बन्दले गर्दा विद्यालय जान पाएनन् । विद्यालयका गाडीहरु तथा अन्य सवारी साधनहरु समेत बन्द भएकोले उनीहरुको विद्यालय जाने सपना तुहियो ।

कुनै पनि सवारी साधन नचलेपछि ती विद्यार्थीहरुसँग घर फर्कनु बाहेक अरु विकल्प थिएन । स्थानिय रुट तथा लामो रुटमा सञ्चालन हुने सवारी साधनहरु पनि बिहानैदेखि आ–आफ्नो पार्किङ स्थलमा पार्क गरेर राखिएपछि यात्रुहरु मारमा परेका थिए । मनहरी गाउँपालिकासँगै जोडिएका कैलाश तथा राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानबाट अत्यावश्यक काम लिएर मनहरी बजार आइपुगेका केही स्थानीयहरु झन ठूलो मारमा परे । गाडी तथा पसलहरु बन्द भएपछि मनहरी बजार आज सुनसान रह्यो । बन्दको प्रभाप पुर्णरुपमा परे पनि पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा कुनै अप्रिय घटना भने नघटेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख बिरेन्द्र पनेरुले जानकारी दिए ।

मनहरीको आसपासमा बन्दको समयमा बन्दा गराउँदै हिँड्ने कुनै पनि ब्यक्ति सडक तथा अन्य क्षेत्रमा प्रत्यक्षरुपमा नदेखिए पनि बजार तथा सवारी साधन भने पुर्णरुपमा बन्द भएको प्रहरी प्रमुख पनेरुले बताए । तस्बिर–फाईल

यो पनि हेर्नुहोस्

मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’

चर्चित गायिका मिङ्स लामाले जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अवार्ड जित्न सफल भएकी छिन् । जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । नोमिनेशनमा परेका अन्य गायिकाहरुलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । मिङ्सलाई तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड प्रदान गरिएको हो । हेरौँ अवार्ड वितरणको झलक–

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।

निता ढुङ्गाना र शुसान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान
लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई सम्मान गरिने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई कलाकारलाई सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*