‘दुई रुपैयाँ’ को शक्ति, पछारियो हिन्दी चलचित्र

१३ जेष्ठ २०७६, सोमबार १२:१३
Dui Rupiyan-Murchunga TV

मकवानपुर, १३ जेठ । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ र दक्षिण भारतीय हिन्दी डब्ड चलचित्र ‘नेला टिकेट’ को नेपाली युट्युब सर्भरमा ट्रेण्डिङ भिडन्त जारी छ । एक हप्ताभन्दा बढि समयदेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाएर बसेको नेला टिकेटलाई अन्ततः नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ ले युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा धकेल्दै पहिलो स्थानमा कब्जा जमाएको छ ।
दोस्रो स्थानमा भने हिन्दी डब्ड भर्सनकै सभ्यसाचीले कब्जा जमाएको छ ।

मे २४ तारिखमा रिलिज गरिएको ‘दुई रुपैयाँ’ युट्युब रिलिज भएको दुई दिनमै युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आएको थियो । त्यस्तै मे १८ तारिखमा युट्युब रिलिज भएको नेला टिकेट भने रिलिज भएको केही दिनदेखि नेपाली युट्युब सर्भरमा पहिलो नम्बरमा जरा गाडेर बसेको थियो । यो सामाग्री तयार पार्दाको समयमा दुई रुपैयाँलाई २२ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ भने चलचित्रमा ३० हजार लाईक र २ हजार ७ सय डिसलाईकहरु गरिएका छन् । चलचित्रमा दुई हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । त्यस्तै नेला टिकेटलाई यो सामाग्री तयार पार्दाको समयमा ४ करोड ८३ लाख ८ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३ लाख ८८ हजार लाईक र ४६ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा १३ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गोल्डमाईन्स् टेलिफिल्म्स युट्युब च्यानलबाट अपलोड गरिएको नेला टिकेटलाई मनिश शाहले निर्माण गरेका हुन् । चलचित्रमा चर्चित नायक रवि तेजा, माल्भिका शर्मा, जगपति बाबु, सम्पथ राज, सरथ बाबु, ब्रम्हनम्दम, अलि, पोषणी कृष्ण मुराली, रघु बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कल्याण कृष्ण कुराशालाको निर्देशन तथा शक्तिकान्त कार्तिकको संगीतमा तयार भएको चलचित्रमा द्वन्द र प्रेम भरपुर छ । एक मुख्य मन्त्रीको छोरालाई सानैमा हत्या गरेर आफै मन्त्री बन्ने खतरनाक भिलेन र बाल आश्रममा पालिएका नायकबिचको बेजोड द्वन्द चलचित्रमा समावेश छ ।

थिएटर रिलिजका क्रममा समेत चर्चा पाउन सफल नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ दुई साथीहरुको वरिपरि घुमेको कथा हो जहाँ बिगार्ने र भत्काउने सबै खेल ‘दुई रुपैयाँ’ को नोटमा लेखेको सिक्रेट कुराले खेल्छ । चलचित्रमा चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, मेनुका प्रधान, प्रतिकराज न्यौपाने, टिका पहाडी, विशारत बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । जी ट्वेन्टी वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुति रहेको चलचित्रलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

असिम शाहको निर्देशनमा बनेको चलचित्रलाई आसिफ शाह र आशिष रेग्मीले लेखेका हुन् । त्यस्तै असिम शाह र विजय अधिकारीले समेत लेखनमा सघाएका छन् । तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता आसिफ शाह र निश्चल बस्नेत स्वयम हुन् । त्यस्तै शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको चलचित्रका सह निर्माता ओम गुरुङ हुन् । राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको चलचित्रका गीतहरु राजन ईशानले एरेञ्ज गरेका हुन् । चलचित्रको कुटुमा कुटु बोलको गीत सर्वाधिक रुचाइएको र युट्युबमा सर्वाधिक भ्यूज समेत भएको गीत हो । चलचित्रका गीतहरुमा राजनराज शिवाकोटी, सुरजसिंह ठकुरी र एकतारेको शब्दहरु समावेश छन् ।

राजकुमार उप्रेतीको द्वन्द रहेको चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रको ट्रेलर निमेश श्रेष्ठले तयार पारेका हुन् । पब्लीसिटी क्रियटिभका रुपमा विधान राजभण्डारीले कार्यभार सम्हालेको चलचित्रमा राजेश शाहले भिएफएक्स निर्माण गरेका छन् । गगन श्रेष्ठ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा उत्तम न्यौपानेले साउण्ड डिजाईन र मिक्सिङ गरेका छन् । चलचित्रमा लाईन प्रोडुसर फिरोज खड्का र फोटोग्राफी विकास खतिवडाले सम्हालेका छन् । चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र स्टेसन फाईभ, उपत्यकाबाहिर एफडी कम्पनी र अन्तराष्ट्रिय स्तरमा हाईलाईट्स् नेपालले वितरण गरेको थियो ।

हेर्नुहोस् नेला टिकेट–

हेर्नुहोस् दुई रुपैयाँ–

यो पनि हेर्नुहोस्

मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’

चर्चित गायिका मिङ्स लामाले जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अवार्ड जित्न सफल भएकी छिन् । जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । नोमिनेशनमा परेका अन्य गायिकाहरुलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । मिङ्सलाई तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड प्रदान गरिएको हो । हेरौँ अवार्ड वितरणको झलक–

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*