मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’

१२ जेष्ठ २०७६, आईतवार १८:१६

मकवानपुर, १२ जेठ । चर्चित गायिका मिङ्स लामाले जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अवार्ड जित्न सफल भएकी छिन् । जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । नोमिनेशनमा परेका अन्य गायिकाहरुलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । मिङ्सलाई तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड प्रदान गरिएको हो ।

अवार्ड जितेसँगै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन्–‘धेरैधेरै धन्यवाद छ मेरो भगवान, परिवार, साथीहरु, मेरा फ्यानहरु अनि सम्पूर्ण भोट गर्ने र सपोर्ट गर्नेहरुलाई ।’ जिनियस म्युजिक प्रालिको दशौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको यस अवार्ड कार्यक्रममा विक्रम सम्वत २०७५ सालभित्र सार्वजनिक भएका गीतहरुमध्ये उत्कृष्टलाई अवार्ड दिने तय भएको थियो । हेरौँ अवार्ड वितरणको झलक–

मिङ्स लामाको ‘डम्फुमा सेलो’ फ्युजन गीतमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । सर्वाधिक रुचाइएको यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २९ लाख ४६ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १९ हजार लाईक र १ हजार डिसलाईक रहेको छ भने १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । फडिण्द्र राईको एरेञ्ज तथा दिपेश तामाङको मिक्सिङमा तयार भएको गीतको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र सुमी मोक्तानको अभिनय देख्न सकिन्छ । सोनाम लामा ब्लोनको निर्माणमा बनेको म्युजिक भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । धिरजजंग शाहले खिचेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पेमा मानसिं तामाङले ड्रोन चलाएको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

हेरौँ म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।

निता ढुङ्गाना र शुसान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान
लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारलाई सम्मान गरिने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा नायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान गरिने भएको हो । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई कलाकारलाई सम्मान गरिने भएको हो । नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र पञ्चायतमा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*