‘दुई रुपैयाँ’ र ‘नेला टिकेट’ को भिडन्त

१२ जेष्ठ २०७६, आईतवार १६:१९
Dui Rupiya-Murchunga TV 1

मकवानपुर, १२ जेठ । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ र दक्षिण भारतीय हिन्दी डब्ड चलचित्र ‘नेला टिकेट’ को यतिखेर नेपाली युट्युब सर्भरमा ट्रेण्डिङ भिडन्त जारी छ । करिब एक हप्तादेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाउन सफल नेला टिकेटलाई जित्नका लागि यतिखेर नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आईपुग्न सफल भएको छ ।

मे २४ तारिखमा रिलिज गरिएको ‘दुई रुपैयाँ’ युट्युब रिलिज भएको दुई दिनमै युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आएको हो । त्यस्तै मे १८ तारिखमा युट्युब रिलिज भएको नेला टिकेट भने रिलिज भएको केही दिनदेखि नेपाली युट्युब सर्भरमा पहिलो नम्बरमा छ । यो सामाग्री तयार पार्दाको समयमा दुई रुपैयाँलाई १८ लाख ५३ हजारभन्दा बढी पटक हेरिएको छ भने चलचित्रमा २७ हजार लाईक र २ हजार १ सय डिसलाईकहरु गरिएका छन् । चलचित्रम दुई हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । त्यस्तै नेला टिकेटलाई यो सामाग्री तयार पार्दाको समयमा ४ करोड ६७ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३ लाख ८२ हजार लाईक र ४५ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा १३ हजार दुई सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गोल्डमाईन्स् टेलिफिल्म्स युट्युब च्यानलबाट अपलोड गरिएको नेला टिकेटलाई मनिश शाहले निर्माण गरेका हुन् । चलचित्रमा चर्चित नायक रवि तेजा, माल्भिका शर्मा, जगपति बाबु, सम्पथ राज, सरथ बाबु, ब्रम्हनम्दम, अलि, पोषणी कृष्ण मुराली, रघु बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।कल्याण कृष्ण कुराशालाको निर्देशन तथा शक्तिकान्त कार्तिकको संगीतमा तयार भएको चलचित्रमा द्वन्द र प्रेम भरपुर छ । एक मुख्य मन्त्रीको छोरालाई सानैमा हत्या गरेर आफै मन्त्री बन्ने खतरनाक भिलेन र बाल आश्रममा पालिएका नायकबिचको बेजोड द्वन्द चलचित्रमा समावेश छ ।

थिएटर रिलिजका क्रममा समेत चर्चा पाउन सफल नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ दुई साथीहरुको वरिपरि घुमेको कथा हो जहाँ बिगार्ने र भत्काउने सबै खेल ‘दुई रुपैयाँ’ को नोटमा लेखेको सिक्रेट कुराले खेल्छ । चलचित्रमा चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, मेनुका प्रधान, प्रतिकराज न्यौपाने, टिका पहाडी, विशारत बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । जी ट्वेन्टी वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुति रहेको चलचित्रलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

असिम शाहको निर्देशनमा बनेको चलचित्रलाई आसिफ शाह र आशिष रेग्मीले लेखेका हुन् । त्यस्तै असिम शाह र विजय अधिकारीले समेत लेखनमा सघाएका छन् । तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता आसिफ शाह र निश्चल बस्नेत स्वयम हुन् । त्यस्तै शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको चलचित्रका सह निर्माता ओम गुरुङ हुन् । राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको चलचित्रका गीतहरु राजन ईशानले एरेञ्ज गरेका हुन् । चलचित्रको कुटुमा कुटु बोलको गीत सर्वाधिक रुचाइएको र युट्युबमा सर्वाधिक भ्यूज समेत भएको गीत हो । चलचित्रका गीतहरुमा राजनराज शिवाकोटी, सुरजसिंह ठकुरी र एकतारेको शब्दहरु समावेश छन् ।

राजकुमार उप्रेतीको द्वन्द रहेको चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रको ट्रेलर निमेश श्रेष्ठले तयार पारेका हुन् । पब्लीसिटी क्रियटिभका रुपमा विधान राजभण्डारीले कार्यभार सम्हालेको चलचित्रमा राजेश शाहले भिएफएक्स निर्माण गरेका छन् । गगन श्रेष्ठ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा उत्तम न्यौपानेले साउण्ड डिजाईन र मिक्सिङ गरेका छन् । चलचित्रमा लाईन प्रोडुसर फिरोज खड्का र फोटोग्राफी विकास खतिवडाले सम्हालेका छन् । चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र स्टेसन फाईभ, उपत्यकाबाहिर एफडी कम्पनी र अन्तराष्ट्रिय स्तरमा हाईलाईट्स् नेपालले वितरण गरेको थियो ।

हेर्नुहोस् नेला टिकेट–

हेर्नुहोस् दुई रुपैयाँ–

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा
चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।

प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित
यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर हेला गरिएको प्रेमीले अन्तिममा प्रेमिकालाई नै चकित पारेको कथालाई समेटिएको छ । गायक मण्डलकै शब्द, संगीत र आवाजमा समेटिएको गीतको म्यूजिक भिडियोलाई अजय वाईबाले निर्देशन गरेका छन् ।

चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली

नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् । चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने
नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोग गर्ने उदेश्य सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । तालिमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जीवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन चलचित्रको प्रदर्शन गरि सहयोग संकलन गर्न लागेको बताएका छन् ।

महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*