रमन्टारमा काँग्रेस परित्याग गरि २५ जन भन्दा बढी नेकपामा प्रवेश

११ जेष्ठ २०७६, शनिबार २०:२२

मकवानपुर, ११ जेठ । नेपाली काँग्रेस पार्टी परित्याग गरि २५ जनाभन्दाबढी युवाहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ रमन्टारमा एक कार्यक्रमकाबिच ती युवाहरुले काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको वडा नम्बर १२ का अध्यक्ष तथा नेकपाका ललित घलानले जानकारी दिए । काङ्ग्रेस परित्याग गरि दिपक सिन्तान, भक्तबहादुर घलान, चन्द्रबहादुर मुक्तान लगायतका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस पार्टी परित्याग गरेका २५ जनाभन्दाबढी युवाहरूलाई घलान सहित नेकपाका नेताहरुले नेकपामा स्वागत गरेका थिए ।

नेकपामा प्रवेश गरेकोमा स्वागत तथा बधाई दिदै अध्यक्ष घलानले सामजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन् ।

3>यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान
बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ । चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।

सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ । सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ । हैदरबादमा ‘बाहुबली’ कै स्तरको सेटमा फिल्म खिचिनेछ । दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निर्माण कम्पनीको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*