हेटौँडामा निर्यातजन्य वस्तु–सेवाको सम्भाव्यता बारे अन्तरक्रिया

११ जेष्ठ २०७६, शनिबार ०९:०९

मकवानपुर, ११ जेठ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडामा निर्यातजन्य बस्तु तथा सेवा सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौंको संयुक्त अयोजनामा कार्यक्रम भएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ३ नं. प्रदेश स्तरबाट निर्यात सम्भाव्य तथा आयात प्रतिस्थापन गर्न सक्ने बस्तु तथा सेवाको विस्तृत अध्ययन गरी प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी गर्ने कार्य गरिरहेको छ । सो अध्ययनको जानकारी तथा रायसुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले ३ नं. प्रदेश स्तरबाट निर्यात सम्भाव्य तथा आयात प्रतिस्थापन गर्न सक्ने बस्तु तथा सेवाको विस्तृत अध्ययन गरी तयार पारेको प्रादेशिक प्रतिवेदन विश्लेषणात्मरुपमा प्रस्तुत गरेका थिए । उनले कुल ग्राहस्थ उत्पादनमा ३ नं. प्रदेशले ४१.३६ प्रतिशत हिस्सा ओगटेको र अन्य प्रदेशहरुको १५ प्रतिशत भन्दा तल रहेको बताएका छन् । नेपालबाट धागो, गलैचा, तयारी पोशाक, फलाम तथा स्टिल, अलैंची, जुस, चिया, कपडा, पश्मिना सल, जुट व्याग, रोजिन र रेजिन, फेल्ट, जुत्ताचप्पल, तामाका सामान, जडिबुटी, मुसुरो, छाला, चाउचाउ, दन्तमन्जन, अदुवा, हस्तकला, टोपी, नेपाली कागज, मासु, सार तेल, सूती झोला, चाँदीका गहनालगायत अन्य बस्तुहरु विदेश निकासी भइरहेको उनले बताए । जसमध्ये ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, टुथपेष्ट, तेल, पेय पदार्थ, हस्तकलाका सामानहरु, जडिबुटी तथा सारयूक्त तेल, प्लाष्टिकका बस्तुहरु प्रमुख निर्यात भइरहेको छ । त्यसैगरी पेट्रोलियम, फलाम तथा स्टिल, मेशिनरी पार्टस, यातायातका साधन, विद्युतीय सामान, अन्न, सञ्चारका साधन, सुन, सिमेन्ट क्लिङ्कर, औषधि, हवाईजहाज र पार्टस, पोलिथिन ग्रनुयल्स, तयारी पोशाक, मल, भटमासको कच्चा तेल, रसायन, कपडा, चाँदी, रबर, आलमुनियम, तामा, जिङ्क, रायो सरस्यू, कच्चा पाम तेल, कपास, उन, फ्याटी एसिड, सिमेन्टलगायत अन्य बस्तुहरु अयात भइरहेको उनले बताए । मकै र कोदोमा आत्मनिर्भर भएपनि धानमा ठूलो परिमाण आयातमै निर्भर रहन परेको उनले जानकारी दिए ।

त्यस्तै प्रमुख अतिथी सांसद प्रेम बहादुर पुलामी छिन्तुले उत्पादनको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै विभिन्न दृष्टान्त अभिव्यक्त गरे । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन, उत्पादनमा लाग्न सबैलाई उनको आग्रह रहेको थियो । संघका अध्यक्ष कटुवाल, कार्यक्रमका प्रमुख अतिथि प्रेम बहादुर पुलामी छिन्तु, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक शर्मा, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव रघुराम पराजुली, कार्यसमिति सदस्य कृष्ण ढुंगाना, युरेशियन फुड्स प्रालिका उत्तम प्रसाद कुइकेल, ग्या“सिका टेक्सटाइलका बासु न्यौपाने, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष समिरलाल डंगोललगायतले मन्तव्य राखेका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्वमा भएको कार्यक्रममा ३ नं. प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता रहेको थियो भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविनराज शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्य विष्णु खनाल, महिला उद्यमी विकास समितिका सभापति निलम वैद्य, कार्यसमिति सदस्य माधव ज्ञवाली, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुल प्रसाद चौलागाई, रुपकराज दहाल, सुनिल अधिकारी, नरेन्द्र भण्डारी, संघका एशोसिएट सदस्य फर्मका प्रतिनिधिहरु, बस्तुगत तर्फका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत उद्योगी–व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान
बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् । ‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ । चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।

सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ । सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ । हैदरबादमा ‘बाहुबली’ कै स्तरको सेटमा फिल्म खिचिनेछ । दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निर्माण कम्पनीको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*