एनएस सिनेमाज हेटौँडामा धुम मच्चाउँदै ‘जात्रै–जात्रा’ र ‘अलादिन’

१० जेष्ठ २०७६, शुक्रबार २१:२३
Jatrai Jatra-Murchunga TV

हेटौँडा, १० जेठ । नेपाली कथानक ‘जात्रै–जात्रा’ को क्रेज अझै घटेको छैन । समिक्षक तथा दर्शकबाट राम्रो चर्चा पाउन सफल ‘जात्रै–जात्रा’ यो हप्ता पनि हेटौँडामा अवस्थित नारायणी मलमा रहेको एनएस सिनेमाजमा प्रदर्शन भईरहेको हलका संचालक नवराज आचार्यले जानकारी दिएका छन् । ‘जात्रै –जात्रा’ सँगै अङ्ग्रेजी भाषाको चलचित्र ‘अलादिन’ पनि शुक्रबारदेखि हलमा प्रदर्शन आरम्भ गरिएको छ ।

जेठ ३ गतेबाट अल नेपाल रिलिज भएको ‘जात्रै–जात्रा’ यस अघि बनेको ‘जात्रा’ चलचित्रको सिक्वेल हो । निकै चर्चा पाउन सफल ‘जात्रा’ले जस्तै यसको सिक्वेलले पनि थप चर्चा पाएको छ । ‘षट्कोण आर्टस’को प्रस्तुति चलचित्र ‘जात्रै–जात्रा’मा बिपिन कार्की, दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अन्शु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा, शर्मा जी, लक्षी श्रेष्ठ, अर्विन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको चलचित्रलाई प्रदिप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । त्यस्तै राजेन्द्र मोक्तानले कलरिङ गरेको चलचित्रको लाईन अप सम्पादन प्रवल प्रधानले गरेका छन् । श्रीकृष्ण श्रेष्ठको भिएफएक्स चलचित्रमा हेर्न सकिन्छ ।

Jatrai Jatra-Murchunga TV 1

चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा अमित श्रेष्ठले साउण्ड डिजाईन गरेका छन् । त्यस्तै रोहित शाक्य र शैलेस श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रका गीतहरुमा कालीप्रसाद बास्कोटा र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ । चलचित्रका दुबै गीत सुपरहिट भएका छन् । स्टेसन फाईभले पोष्ट प्रोडक्सनको जिम्मा लिएको चलचित्रका प्रोडक्सन म्यानेजर योगेश्वर पौडेल हुन् । राजु शाही एकाउन्ट हेड रहेको चलचित्रका स्टाईलिष्ट सुनिता श्रेष्ठ हुन् भने कलाकारका लागि ड्रेस डिजाईन रवि पोखरेलले गरेका छन् ।

शंकर महर्जनको द्वन्द समावेश चलचित्रमा सिंगे लामा र प्रशान्त श्रेष्ठको आर्ट देख्न सकिन्छ । श्याम लामा, सन्तु तामाङ र शमशेर लामाले कलाकारहरुलाई सजाउने काम गरेका छन् । चलचित्रमा झरना राईले हेयर डिजाईन गरेका हुन् । त्यस्तै चलचित्रको पोष्टर डिजाईन् टौवा क्रियशनका विजय बस्याल र शान थापाले गरेका हुन् । श्रीधर पौडेलको पोष्टर फोटोग्राफी रहेको चलचित्रका मिडिया कोअर्डिनेटर विजय आवाज हुन् । ट्रिडेन कन्सेप्टका रोयल भिमसेनको टिमले चलचित्रको सामाजिक सञ्जाल सम्हालेका छन् । काठमाडौँमा स्टेसन फाईभले वितरणको जिम्मा लिएको छ भने चलचित्रलाई उपत्यका बाहिर एफडीले वितरण गर्ने जिम्मा लिएको छ ।

Disney Aladdin-Murchunga TV

त्यस्तै अङ्ग्रेजी भाषाको चलचित्र ‘अलादिन’ लाई चर्चित कम्पनी ‘वाल्ट डिस्ने स्टुडियोज’ ले तयार पारेको हो । अलादिन हामीले सुनेकै एक साधारण युवक, राजकुमारी र जीनको कथामा आधारित छ । गाय रिचिको निर्देशनमा बनेको चलचित्रलाई जोन अगस्ट र रिचीले लेखेका हुन् । चलचित्रमा जीनको रोलमा विल स्मीथ, अलादिनको रोलमा मेना मसड र राजकुमारीको रोलमा बिलु मगुसेन रहेका छन् ।

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*