मनहरीको ठाडाखोलामा कमेडी टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ सम्पन्न

९ जेष्ठ २०७६, बिहीबार १३:३७
Tension Saaf-Murchunga TV 1

सन्देश थिङ, मकवानपुर, ९ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा हाँस्य ब्यङग्य समाजिक टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ सम्पन्न भएको छ । समाजमा भएका विभिन्न क्षेत्रका मानिसहरुको विभिन्न समस्या (टेन्सन) हरुलाइ हाँस्य ब्यङग्यबाट साफ गराउने अर्थात मुक्त गराउने उदेश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

मनहरीबाट सुटिङ सुरु गरिएको टेलिसिरीयलको जेठ २ गतेबाट ७ गतेसम्म ठाडोखोला तथा भुन्दु्रङखोलाको विभिन्न स्थानहरुमा सुटिङ गरिएको हो । एभरग्रिन वल्र्ड वाइड ईन्टरटेन्मेन्ट प्रा लि को प्रस्तुतिमा बनेको हाँस्य ब्यङग्य समाजिक टेलिसिरियलमा गोपाल ढकाल (छन्दे) को लेखन तथा निर्देशन रहेको छ । त्यस्तै टेलिसिरियललाई हर्कमान वाईबा (रिदम) ले छायाँकन गरेका हुन् । गोपाल ढकाल छन्देको स्वरमा सिरियलको शिर्ष गीत समेत सुन्न सकिन्छ । गीतमा बैकुण्ठ अधिकारीको शब्द रहेको छ । सिरियलको निर्माण रविन भुसाल (कडा) र हर्कमान वाईबा (रिदम) ले गरेका हुन् ।

सिरियलमा कलाकारहरु श्याम राई, गोपाल ढकाल (छन्दे), रोहित कार्की, दिनेश श्रेष्ठ , बिन्दा खतिवडा, प्रमिला राई , प्रेम पाण्डे , रविन भुसाल (कडा) , हर्कमान वाईबा (रिदम), आशिका अधिकारी, अनु अधिकारी , शोभित तामाङ र प्रेम गोङ्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*