साईकल यात्री कर्ण श्रेष्ठ खोटाङदेखि देश दौडाहामा, हेटौँडा आईपुग्दा यस्तो जोश

९ जेष्ठ २०७६, बिहीबार १२:२२
Karna Shrestha-Murchunga TV

मकवानपुर, ९ जेठ । खोटाङ निवासी ३४ वर्षीय साईकल यात्री कर्ण श्रेष्ठ देश दौडाहाका क्रममा मंगलबार हेटौँडामा आईपुगे । प्रदेश नम्बर १ र २ को भ्रमण सकाएर प्रदेश ३ मा पहिलो जिल्लाका रुपमा मकवानपुरमा साईकल कुदाउँदै आईपुगेका श्रेष्ठ निकै जोशिला देखिए । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ भन्ने मेरो मुख्य उदेश्य हो’ उनले सुनाए ।

साईकल यात्रको क्रममा परिवार र विभिन्न संघसंस्थाबाट समेत सहयोग प्राप्त गरेका श्रेष्ठलाई ‘दुईटा प्रदेश यात्रा गर्दा साईकल केही भएन ?’ भन्ने प्रश्नमा उनले ‘आजसम्म केही नभएको बताए ।’ भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का श्रेष्ठले गत चैत्र ३ गतेबाट यात्रा थालेका हुन् । प्रदेश नम्बर १ का १४ जिल्ला र प्रदेश न २ को ८ जिल्लाको भ्रमण गरिसकेका उनले मकवानपुरमा पत्रकारहरुमाझ आफ्नो उदेश्य र अनुभव समेत सुनाएका थिए ।

प्राकृतिक स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न सके मुलुकलाई नै फाईदा पुग्ने श्रेष्ठको धारणा छ । प्राविधिक शिक्षा तथा रोजगारमूलक शिक्षा लागू गर्नसके आफै आत्मनिर्भर भएर परजीवी हुन नपर्ने उनले बताए । नीजि र सामुदायिक क्याम्पस तथा विद्यालयहरूमा पढाइने पाठ्यक्रम समान हुनु भन्दै हाल स्थानीय तहबाट भ्रष्टाचारमुक्त समाजको निर्माण र पर्यटनको प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश १ बाट शुरु भएको साइकल यात्रा ७ वटै प्रदेशको ७७ वटै जिल्लाका विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्याल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, क्याम्पस तथा विद्यालयहरूमा पुगि अभियानको बारेमा जानकारी गराउने श्रेष्ठले जानकारी दिए ।

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*