
हेटौँडाका गोलेलाई बहुविवाह केसमा कैद फैसला, बलात्कार केसमा थापालाई जेल चलान

मकवानपुर, ९ जेठ । मकवानपुरमा बसोबास गरिरहेका एक युवकलाई बहुविवाह केसमा कैद फैसलाका साथै अर्का युवकलाई बलात्कार केसमा जेल चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले बहुविवाह बदर गर्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का दिनेश गोलेलाई एक वर्ष कैद फैसला गरेको हो ।
मंगलबार बसेको जिल्ला न्यायाधिश स्वीकृति पराजुलीको इजलाशले गोलेलाई बहुविवाह गरेको ठहर गर्दै एक वर्ष कैद गर्ने फैसला गरेको हो । उनीसँग दोस्रो विवाह गर्ने महिलाले भने कसुर कायम गर्ने इजलाशबाटै सफाइ पाएकी छिन् ।
त्यस्तै बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई साढे ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधिश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले गोर्खा घर भई हेटौंडा उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय प्रविण थापा मगरलाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
दोषीबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको छ । मगरले २०७५ साल भदौ ११ गते बालिकालाई बलात्कार गरेका थिए ।
यो पनि हेर्नुहोस्
वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष ललित घलानले आफ्नो वडामा समुदाय र शिक्षकको सम्बन्ध सुमधुर बनाउने प्रतिवद्धत्ता जनाएका छन् । मकवानपुरको हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक तथा रेडियो निकासका वरिष्ठ सञ्चारकर्मी ज्योति न्यौपानेसँगको कुराकानीमा उनले त्यस्तो बताएका हुन् ।
हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ