वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

९ जेष्ठ २०७६, बिहीबार ०६:२३
Lalit Ghalan-Murchunga TV

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष ललित घलानले आफ्नो वडामा समुदाय र शिक्षकको सम्बन्ध सुमधुर बनाउने प्रतिवद्धत्ता जनाएका छन् । मकवानपुरको हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक तथा रेडियो निकासका वरिष्ठ सञ्चारकर्मी ज्योति न्यौपानेसँगको कुराकानीमा उनले त्यस्तो बताएका हुन् । वडाभित्रका विद्यालयहरुको व्यवस्थापनमा अलि सुधार गर्नुपर्ने बताउँदै घलानले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सम्बन्ध सुमधुर बनाउन आफुहरु लागिरहेको बताए । कतिपय अभिभावकहरु विद्यार्थी भर्ना गर्ने तर विद्यालय अनुगमन नगर्ने समस्या देखिएको उनले बताए । अभिभावकबाट नै समिति बन्ने भएता पनि सक्रिय नहुने समस्या देखिएको बताउँदै उनले यसलाई समाधान गर्न आफुहरु लागी परिरहेको बताए ।

त्यस्तै पढ्न नसक्ने विद्यार्थीहरुका लागि पनि वडाबाट आर्थिक सहयोग गर्ने योजना बनाएको उनले बताए । विद्यालयमा खेलमैदान निर्माण गर्नेदेखि लिएर विद्यालयलाई विभिन्न खेलकुद सामग्री दिने कामहरु पनि आफुहरुले गरिरहेको उनले बताए । भर्ना अभियानमा पनि आफुहरुले सहकार्य गरेर सम्पन्न गरेको भन्दै कोही भर्ना गर्न छुटेको छ भने वडा कार्यालयमा सुचना दिन पनि अनुरोध गरेको बताए । विद्यालय जाने उमेरका बालबालिकाहरु विद्यालय बाहिर नहून् भन्ने कुरामा आफुहरुको चासो रहेको उनले बताए ।

वडा अध्यक्ष घलानले आफ्नो वडामा शिक्षा समिति हालसालै गठन गरिएको बताउँदै संघबाट र प्रदेशबाट नियमावलीहरू आउन ढिलो भएको कारणले गर्दा समिति गठन गर्न ढिलो भएको बताए । पछिल्लो समयमा शिक्षाको सन्दर्भमा भौतिक निर्माणहरुले गति लिएको बताउँदै उनले शैक्षिक गुणस्तरको लागि आफुहरु जुटिरहेका बताए । सबै कामहरू समितिमा छलफल गरेर गर्ने निरन्तरता दिँदै गरेका घलानले पछिल्लो समय सबै अभिभावकहरुमा बच्चालाई आफु नखाएर पनि पढाउनु पर्छ भन्ने धारणा विकास भएको बताए । वडामा कतिपयले राम्रो शिक्षाको लागि निजी विद्यालय रोज्ने गरेको पनि देखिएको भएता पनि बालबालिकालाई विद्यालय नै नपठाउने भन्ने मानसिकता आफ्नो वडामा नपाएको बताए । कतिपयले भने ७—८ वर्षमा लागेपछि विद्यालय छोड्ने गरेको पाइएको बताउँदै वडाअध्यक्ष घलानले यसलाई हटाउन आफुहरु लागि परिरहेका बताए ।

१२ नम्बर वडाभित्र जम्मा ७ वटा विद्यालयहरू रहेको बताउँदै घलानले ती मध्ये २ आधारभूत तह मात्रै भएका विद्यालयमा विद्यार्थीको चाप अलि कम भएको बताए । पञ्चकन्या आधारभूत विद्यालय र बाल कल्याण आधारभूत विद्यालयलाई मर्ज गर्न समेत लागिरहेको रहेको उनले बताए । अरु विद्यालयहरुमा पहिले भन्दा अलि बढी विद्यार्थी भर्ना भएको बताउँदै उनले कतिपय विद्यालयहरुमा बोर्डिङ छोडेर आएका विद्यार्थीहरु पनि रहेको बताए । विद्यालयमा शिक्षाको अवस्था राम्रो भएको हो कि जस्तो महसुश भएको बताउँदै वडाअध्यक्ष घलानले दुई वटा विद्यालय मर्ज गर्दा विद्यार्थी र अभिभावकलाई समस्या नहोला भन्ने लागेको बताए ।

संविधानमा नै उल्लेख भएको माध्यमिक शिक्षा स्थानीय तहलाई दिने भने पनि सरकारले पुर्ण रुपमा स्थानीय तहलाई दिन नखोजेको जस्तो देखिएको उनले आरोप लगाए । अनुगमनको कुरामा जनप्रतिनिधिहरु विद्यालयसँग जोडिएको कारणले गर्दा आफुहरुले विद्यालयको निगरानी सँधै राख्ने गरेको बताए । त्यस्तै कर्मचारी समायोजन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई नदिने र माथिबाट समायोजन भएका कर्मचारी आइनपुग्ने समस्याहरु देखिएको समेत उनले सुनाए । ‘हामीले वडाको जनप्रतिनिधिको हिसाबले गर्नुपर्ने सबै गरेकै छौँ तर व्यवस्थापनमा भने केही समस्या देखिन्छ, उनले भने, जुन यो स्थानीय तहलाई सम्पुर्ण अधिकार दिँदा आफ्नो मान्छेलाई नियुक्ति गर्ने जस्ता काम हुन्छन् भनेर शंका आशंका भैरहेको छ यो गलत हो । किनभने स्थानीय तहलाई यो माध्यामिक शिक्षाको जिम्मा दिँदा त्यहाँको परिस्थिति अनुसार, वातावरण अनुसार काम गर्न विद्यालय सञ्चालन गर्न सक्छ ।’

वडा नम्बर १२ मा एउटा सुविधा सम्पन्न कलेज होस् भन्ने विषयमा पनि आफुहरुको चासो रहेको उनले बताए । तर वडा नम्बर १३ मा क्याम्पस भएको कारण एकै ठाउँमा दुइटा कलेज कतिको ठिक हुन्छ भन्नेमा आफुहरु चनाखो रहेको उनले बताए । प्राविधिक शिक्षा सुरु गर्ने कुरा पनि छलफल भईरहेको उनले बताए । दुई वटा वडाको बीचमा भएको कलेजलाई व्यवस्थापन गर्ने र पछि जनघनत्व बढ्दै गएमा आवश्यकता अनुसार अर्को कलेज पनि खोल्न सकिने उनले बताए । वडा नम्बर १२ का विद्यालयहरूको शिक्षालाई राम्रो बनाउनलाई आफुहरुले गर्नुपर्ने कुनै काममा कमि हुन नदिने उनले बताए । १२ नम्बर वडाका अभिभावकहरुले पनि धेरै नै ध्यान दिनुपर्ने देखिएको बताउँदै उनले शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरुले पनि भूमिका निभाउनुपर्ने बताए । सबैले सबैलाई सल्लाह र सुझाव दिएर अघि बढ्नु पर्ने र शिक्षकले परिस्थिति अनुसार विद्यार्थीलाई सिकाउनु पर्नेमा उनले जोड दिए । भौतिक निर्माणदेखि जनचेतनामूलक कार्यक्रमहरुमा पनि आफुहरु अगाडि बढ्ने बताउँदै उनले कोही पनि विद्यार्थी विद्यालयबाट बाहिर नहुने र सम्पूर्णलाई कम्तिमा १२ सम्म पढ्ने वातावरण निर्माण गर्ने उनले बताए ।

देश संघीयतामा गएपछि गाउँपालिका र नगरपालिकामा शिक्षा समितिहरू बनेका छन् भने हरेक वडामा वडास्तरीय शिक्षा समिति पनि बनेका छन् । वडा अध्यक्षको अध्यक्षतामा बनेका वडा शिक्षा समितिलाई वडाभित्रका विद्यालयको व्यवस्थापन रेखदेख, सहयोग र समन्वय गर्ने जिम्मेवारी दिइएको छ । (समृद्ध समाज डटकममा प्रकाशित अन्तर्वार्तामा आधारित)

यो पनि हेर्नुहोस्

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*