छाला क्यान्सरबाट पीडित तामाङलाई गायक जगत लामाको पहलमा सहयोग

८ जेष्ठ २०७६, बुधबार २१:२९

काभ्रे, ८ जेठ । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ साबिकको वडा नम्बर ६ माझिफेदा काफ्ले निवासी निक्मार मोक्तानकी श्रीमती पाताली (घिसिङ) तामाङको उपचारका लागि गायक तथा संगीतकार जगत लामा घिसिङले पहल गरी आर्थिक सहयोग गरेका छन् । गायक तथा संगीतकार घिसिङको पहलमा प्राप्त सहयोगबाट छालाको क्यान्सरबाट पिडित भई दुःख भोग्दै गरेकी तामाङको भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापी उपचार गरी पुनर्जीवन सम्भब भएको छ ।

तामाङको आर्थिक अवस्था निकै नै कमजोर भएपछि उपचारका लागि लाग्ने सम्पूर्ण खर्च गायक तथा संगीतकार घिसिङको पहलमा देश बिदेशमा छरिएर रहेका गाउँले आफन्त र शुभ चिन्तक श्रोता तथा दर्शकहरुबाट अभियानको दौरान संकलन गरिएको थियो । सहयोग अभियानबाट संकलन भएको रकम किमो थेरापीका लागि १ लाख ५ हजार र पुनः अर्को जुटाइएको रकम गरी जम्मा २ लाख ८९ हजार ३ सय ५५ रुपैयाँ तामाङको उपचारका लागि प्रदान गरिएको हो । ‘पातली तामाङ बचाउ अभियान’ का अभियानकर्ता गायक तथा संगीतकार घिसिङले उक्त रकम सुर्यबिनायक स्थित पीडितलाई हस्तान्तरण गरेका थिए ।

उनले पिडित तामाङको स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण सहयोगीहरुलाई आभार समेत प्रकट गरेका छन् । आफुले सकेको सहयोग गर्न पाउँदा आफुलाई निकै नै खुशी लागेको पनि उनले बताए ।

यो पनि हेर्नुहोस्

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*