हाँडीखोलाको महेन्द्र ज्योतिमा शिक्षणमा प्रविधिको प्रयोग सम्वन्धि प्रशिक्षण

८ जेष्ठ २०७६, बुधबार २०:५९

मकवानपुर, ८ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा अवस्थित श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा एक दिने शिक्षण सिकाईमा प्रविधिको प्रयोग सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक गोकुल शर्माको अध्यक्षतामा प्रशिक्षणमा शिक्षण सिकाईमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापलाई कसरी रुचिकर बनाउने, कसरी विद्यार्थी केन्द्रित शिक्षा दिने भन्ने विषयमा प्रशिक्षक बिबस थापाले विद्यालयका मावि तथा निमावि तहका सामाजिक, अङ्ग्रेजी र कम्प्युटर शिक्षकलाई तालिम दिएका हुन् । प्रशिक्षक थापाले कक्षा १० को सामाजिक शिक्षाको भूगोल पाठ अन्तर्गत अफ्रिका महादेशको बारेमा प्रत्यक्ष रुपमा नैरोवि केन्यामा अवस्थित ब्रकहर्ट इन्टरनेशनलका सामाजिक शिक्षक वाईक्लिफ ओमुलुकुसँग प्रत्यक्ष रुपमा जुम एपको प्रयोग गरी बिधार्थीहरूलाई र अन्य बिषयका शिक्षकलाई नमूना शिक्षणगरी देखाइएको थियो ।

प्रशिक्षणमा ४० जना विद्यार्थी तथा मावि र निमावि तहका सामाजिक, ईङ्ग्लिस र कम्प्युटर शिक्षकहरु सहभागी थिए । कक्षा १० मा भएका ४० जना विद्यार्थीहरुले पाठ्यपुस्तकमा भएको अभ्यास पनि अप्र्रिmकन शिक्षक ओमुकुलुलाई सोधेपछि टिपोट गरेका थिए । त्यस्तै ताईवानका शिक्षक क्लार हु र कक्षा १० का विद्यार्थीहरुबिच परिचयात्मक कार्यक्रम समेत भएको थियो । कार्यक्रमको व्यवस्थापन तथा संयोजन विद्यालयका सहायक प्रधानाध्यापक एवम् मावि तहका सामाजिक विषय शिक्षक विदूर विक्रम थापाले गरेका थिए ।

 

यो पनि हेर्नुहोस्

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*