‘मेरो पार्टीको नेता भनेर पत्रकार बस्नुहुँदैन’–बानियाँ

मकवानपुर, ८ जेठ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता साँसद ईन्द्रबहादुर बानियाँले पत्रकारहरुले कोही पनि नेता आफ्नो पार्टी भनेर पत्रकारले गलत कुरालाईसाथ दिन नहुने बताएका छन् । १७ औँ चलचित्र पत्रकारिता दिवसका अवसरमा मंगलबार हेटौँडामा आयोजित ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बानियाँले पत्रकार निष्पक्ष हुने बताउँदै पत्रकारको कलम स्वतन्त्र हुने बताए ।
सांसद बानियाँले भने–‘कुनै पनि नेता मेरो पार्टीको भनेर पत्रकार बस्नु हुँदैन, त्यसलाई अलपत्रकार भन्छन्, अलमलिने, कही न कहीँ चुक्ने, झुक्ने, पत्रकार कहीँ पनि चुक्नुहुँदैन ।’ ‘चाहे त्यो जुनसुकै पार्टीप्रति आस्था राखोस्, तर पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’, उनले भने, ‘चाहे नेकपा होस् आस्था वा चाहे काँग्रेस होस्, आस्था जहाँ पनि रहन सक्छ ।’ साँसद बानियाँले गल्ती नेकपाका वा काँग्रेसका जुनसुकै नेताले पनि गर्न सक्ने भन्दै त्यस्ता नेताहरुका गल्तीलाई पत्रकारहरुले उजागर गर्नुपर्ने बताए । स्वतन्त्र पत्रकारले स्वतन्त्र रुपमा लेख्नुपर्ने बताउँदै साँसद बानियाँले राम्रो भए प्रशंसा गर्ने र नराम्रो भए स्वतन्त्र रुपमा निरन्तर लेख्नुपर्ने बताए । हेरौँ भिडियो–
उनले पत्रकारलाई न्यूनतम तलबको व्यवस्था हुनुपर्ने बताउँदै बानियाँले कुनै पनि पत्रकार आफुसँग कोही रिसाउँला कि, विज्ञापन कम देलाकी भन्ने कुराहरुमा अल्झन नहुने बताए । हिजोका दिनहरुमा पत्रकारले समेत कम्यूनिष्ट पार्टीको आन्दोलनमा सहयोग पुराएको भन्दै सँगै लडेका पत्रकारहरुलाई समेत करिब दुई तिहाई जितेको पार्टीले अहिले अधिकार दिने बेलामा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गरेको प्रति दुःख लागेको बताए । सबैतिर स्वतन्त्रताको लागि लडेको नेपाली काँग्रेसले हिजोका दिनमा राजा र राणासँग नडराएको भन्दै सँगै लडेका पत्रकारहरु स्वतन्त्र हुँदा नडराउने भन्दै मिडियाको आन्दोलनमा सदैव साथ दिने बताए ।
यो पनि हेर्नुहोस्
हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ