
लागू औषध सहित हेटौँडाका एक युवक पक्राउ

मकवानपुर, ७ जेठ । नाईट्रोभेट सहित अन्य विभिन्न लागु औषधसहित हेटौँडाका एक युवक पक्राउ परेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय शोमनाथ फुयाँललाई लागु औषध ओनरेक्स १०० एमएलको ५ बोतल, नाईट्रोभेट १० ट्याब्लेट र सिम्प्लेक्स सी लेखेको १० ट्याब्लेट सहित सोमबार पक्राउ गरेको हो ।
सोमबार पक्राउ परेका फुयाँललाई प्रहरीले आज सार्वजनिक गरेको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित सडकखण्डमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलिले रातोमाटे स्थित सडकखण्डमा जाँचको क्रममा बिरगंजतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७२२ नम्बरको यात्रुवाहक माईक्रो गाडीलाई रोकी जाँच गरेको थियो । सो गाडीमा सवार शोमनाथ फुयाँलको साथबाट लुकाई छिपाई ल्याइएको उक्त लागुऔषधहरु प्mेला परेको थियो ।
फुयाँलमाथि लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ । उनी दोषी देखिएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख सम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ