तामाङ चलचित्र ‘म्हारमेन’ को ‘मी चिमचिम’ सार्वजनिक

७ जेष्ठ २०७६, मंगलवार १७:११

मकवानपुर, ७ जेठ । तामाङ भाषाको चलचित्र ‘म्हारमेन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘मी चिमचिम’ बोलको गीत आज औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । साथै गीतलाई डम्फु मिडियाको आफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ ।

गीतलाई युट्युबमा सार्वजनिक भएको केही समयमा नै २ हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । सार्वजनिक गीतमा चलचित्रका नायक अमिर दोङ, नायिका रञ्जीता ब्लोन र सुस्मा मोक्तानलाई फिचरिङ गरिएको छ । चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको आवाज रहेको छ । गीतमा विशाल काल्तानकै शब्द तथा संगीत रहेको छ । गीतको एरेञ्ज तथा मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।

चर्चित निर्देशक अजय स्याङ्तानको निर्देशन तथा कोरियोग्राफीमा बनेको चलचित्रलाई बिक्रम लामाले खिचेका हुन् । बिक्रमले नै सम्पदान गरेको चलचित्र खिच्न सुन्दर बास्कोटाले सहायक क्यामेरामेन भएर काम गरेका छन् । चलचित्रलाई बिनोद लामा र सुनी लामाले निर्माण गरेका हुन् । चलचित्रका गीतहरुमा फुलकुमार बोम्जन र विशाल काल्तानको शब्द समावेश गरिएको छ । ऋतुराज पाख्रिनको कथा तथा दोर्जे तामाङको स्क्रीप्टमा चलचित्र निर्माण भएको हो । चलचित्रका प्रोडक्सन म्यानेजर कुईसाङ रुम्बा हुन् । हेरौँ चलचित्रको गीत–

यो पनि हेर्नुहोस्

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*