हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

७ जेष्ठ २०७६, मंगलवार १४:१७
Featured Video Play Icon

चन्द्र घलान/मकवानपुर, ७ जेठ । चलचित्र पत्रकार संघ मकवानपुरले आज परेको १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जनालाइ सम्मान सहित पुरस्कार वितरण गरेको छ । संघले चलचित्र पत्रकारिता पुरस्कारबाट चर्चित कवित था सञ्चारकर्मी डाक्टर नवराज लम्साललाई नगद ११ हजार १ सय ११ पुरस्कार राशी सहित सम्मान गरेको हो । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्र र हेटौँडा सन्देश दैनिकमा कार्यरत वरिष्ठ पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको हो । पराजुलीलाई ५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । पुरस्कारको सौजन्य नारायणी मलमा रहेको एनएस सिनेमाजले गरेको थियो ।

कार्यक्रममा सम्मानित तथा पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरुसहित एनएस सिनेमाजका नवराज आचार्य र कैलाश ढकालले पुरस्कार वितरण गरेका थिए । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको भएता पनि कलाकार खड्गीको आफन्तको मृत्यू भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको संघका मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी गराए । हेटौँडाको रिगल हेटौँडा रिसोर्टमा भएको कार्यक्रम अध्यक्ष गौतमको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सांसद ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । हेर्नुहोस् सम्मान कार्यक्रमको भिडियो–

कार्यक्रममा प्रमुख अतिथि बानियाँ सहित, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल क्षेत्री, पोषण केसी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यष प्रताप विष्ट, सल्लाहकार गिरिजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बानका उज्जवल चौँलागाई, संघका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, निराजन भण्डारी, शोभिता सिम्खडा, सुशान्त कुमार श्रेष्ठ, माधव न्यौपाने, अनान्दराम पराजुली, उज्जवल भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो ।

यो पनि हेर्नुहोस्

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*