
‘नेला टिकेट’ युट्युब ट्रेण्डिङमा

मकवानपुर, ७ जेठ । नेपाली युट्युब सर्भरमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्नु कुनै आश्चर्यको कुरा होईन किन कि नेपाली युट्युब सर्भरमा हिन्दी चलचित्रहरु अधिक मात्रामा हेरिन्छन् । केही समयअघि काठमाडौँमा जेठाजुले बुहारीको हत्या गरेको विषयका भिडियो ट्रेण्डिङमा रहेता पनि अन्ततः ती कहालीलाग्दा पिडा बेच्ने भिडियोहरुलाई पछाडि पार्दै तेलुगु चलचित्र ‘नेला टिकेट’ को हिन्दी डब्ड भर्सन चलचित्रले युट्युब ट्रेण्डिङको पहिलो स्थान ओगटेको छ ।
गोल्डमाईन्स् टेलिफिल्म्स युट्युब च्यानलबाट अपलोड गरिएको यस भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा २२ करोड ४९ लाख ९ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ लाख ५४ हजार लाईक र २२ हजार डिसलाईकहरु गरिएका छन् । भिडियोमा करिब ९ हजार कमेन्टहरु गरिएका छन् । मनिश शाहको निर्माणमा बनेको चलचित्रमा चर्चित नायक रवि तेजा, माल्भिका शर्मा, जगपति बाबु, सम्पथ राज, सरथ बाबु, ब्रम्हनम्दम, अलि, पोषणी कृष्ण मुराली, रघु बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कल्याण कृष्ण कुराशालाको निर्देशन तथा शक्तिकान्त कार्तिकको संगीतमा तयार भएको चलचित्रमा द्वन्द र प्रेम भरपुर छ । एक मुख्य मन्त्रीको छोरालाई सानैमा हत्या गरेर आफै मन्त्री बन्ने खतरनाक भिलेन र बाल आश्रममा पालिएका नायकबिचको बेजोड द्वन्द चलचित्रमा समावेश छ । हेरौँ चलचित्र–
यो पनि हेर्नुहोस्
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ