कलाकार फुर्वादोर्जे मोक्तानको गाउँ प्रेम, गुरुलाई सम्मान विद्यार्थीलाई उपहार

६ जेष्ठ २०७६, सोमबार १७:४०

मकवानपुर, ६ जेठ । मकवानपुरे चर्चित कलाकार, मोडल तथा युवा व्यवसायी फुर्वा दोर्जे मोक्तानले आफ्नो जन्मभूमि तथा शिक्षालयप्रति प्रेम दर्शाउँदै आफ्नो जन्मभूमिको विद्यालयमा गुरुलाई सम्मान गरेका छन् । उनले विद्यालयमा शैक्षिक सामाग्री समेत वितरण गरेका छन् । गत मंगलबार गाडीभरि शैक्षिक सामग्री बोकेर आफ्नो गाउँ मकवानपुरको बकैया गाउँपालिका वड नम्बर–२, दोभानमा आएका उनले गाउँमा सबैलाई सम्मान दर्शाए अनि गाउँको लागि प्रेम पनि देखाए ।

साविकको धियाँल गाविस कालापानीमा जन्मिएका फुर्वाले आफ्ना बुवाको साथमा गाउँका दुई विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्नुका साथै गुरुहरुलाई सम्मान गरेका हुन् । बुधबार बिहान श्री कालिका माध्यमिक विद्यालय, बकैया–२, दोभानमा उलने शैक्षिक सामग्री वितरण गरेक हुन् । आफू जन्मेको भूमिमा शिक्षाको ज्योति जलाईदिने गुरुहरुप्रति उच्चसम्मान सहित सम्मान पत्र प्रदान गर्ने र विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रमा उनको यस कार्यप्रति वक्ताहरुले समेत खुशी प्रकट गरेका थिए । सोही ठाउँमा जन्मिएका फुर्वाले त्यहाँ औपचारिक शिक्षा नलिएता पनि शिक्षाको महत्व बुझेर गरेको सम्मानयोग्य काम गरेकोमा उनको प्रशंसा समेत वक्ताहरुले गरे ।

कार्यक्रमलाई सम्वोधन गर्नै बकैया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षले फुर्वाको कामको प्रशंसा गर्दै आफ्नै कार्यकालमा विशेष कार्यक्रमको आयोजना गरेर फुर्वालाई सम्मान गर्ने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक सुरज लोप्चन तामाङले आफ्नो गाउँको युवामा शिक्षाप्रतिको यस्तो उच्च चेतना देखेर आफूलाई गर्व लागेको बताए । फुर्वाले गरेका जस्तै कार्यक्रम अभिभावक र मिडियाको बीचमा गर्नु पर्ने तर्क लोप्चनले अघि सारे । कार्यक्रममा बोल्दै फुर्वाले आफूलाई आफ्नो जन्मभूमि प्राण भन्दा पनि प्यारो लागेको बताए । साथै आफु जन्मिएको जन्मभुमिमा भोलिका पुस्ताहरु शिक्षाको उज्यालो किरणबाट टाढा नहोउन् भन्ने चाहना आफुमा रहेको बताए । शिक्षकहरुलाई हौसला र प्रेरणा मिलोस् भन्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको समेत उनले स्पष्ट पारे । सबै गुरुहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले आफ्नो जन्मभूमिमा शिक्षाको ज्योति बालिदिने सबैप्रति सधैँ सम्मान रहने बताए ।

कार्यक्रममा श्री कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज लोप्चन तामाङ, शिक्षकहरु विनोद यादव, धर्मेन्द्र प्रसाद यादव, भीम प्रसाद साह, सुजाता सिंतान तामाङ, दैवलाल जिम्बा तामाङ, विनिता बस्नेत, देवलाल स्याङ्तान तामाङ, सुकराम स्याङ्तान तामाङ, निरञ्जन यादव, राममाया थोकर तामाङ र निरिमाया सिंतानलाई सम्मान गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, सिसाकलम, कटर, ईरेजर लगायतका शैक्षिक सामग्री र विस्कुट वितरण गरिएको थियो ।

त्यस्तै कालिका माविको कार्यक्रम पछि मोक्तानले आफ्नै जन्मघर नजिकै रहेको श्री भुमेश्वरी प्राथमिक बिद्यालय,, बकैया–२, कालापानीका शिक्षक शिक्षिकालाई सम्मान गरेका थिए । भुमेश्वरी प्राविका प्रधानध्यापक धर्मबहादुर ब्लोन तामाङ र शिक्षिकाहरु जिमा कुमारी जिम्बा तामाङ, रमिता दोङ तामाङ र उमा शिवाकोटीलाई सम्मान पत्र र खादाद्धारा सम्मान गरिएको थियो । साथै त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विस्कुट प्रदान गरिएको थियो ।

फुर्वा एक चर्चित कलाकार समेत हुन् । मलेसियामा व्यवसाय समेत गर्दै आएका मोक्तानले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेका छन् । केही वर्ष पहिले आफ्नो एकल एल्बम ‘मेरो गाउँ’ बजारमा ल्याएका फुर्वाले कतिपय गीतहरु आफैले लेखेका छन् भने कतिपय गीतमा स्वर समेत दिएका छन् । पछ्रिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा समेत प्रवेश गरेका फुर्वाले अहिले नेपाली चलचित्र ‘इन्काउन्टर’ मा मुख्य भूमिका निर्वाह गरेका छन् । मलेसिया र सिंगापुरमा सुटिङ सम्पन्न गरिएको सोही चलचित्रको बाँकी दृश्यहरु खिच्नका लागि फुर्वा नेपाल आएका हुन् । नेपाल आएको मौकामा उनले गुरु सम्मान तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।

यो पनि हेर्नुहोस्

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*