यसरी गरियो हेटौँडासहित जिल्लाभरिकै नापतौल यन्त्रको दर्ता तथा नविकरण

मकवानपुर, ६ जेठ । नापतौल क्षेत्रीय कार्यालय विरगंजले मकवानपुर जिल्लाका व्यावसायीहरुको नाप्ने तौलने यन्त्रहरु नविकरण तथा दर्ता गर्ने कार्य सम्पन्न गरेको छ । गत बैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म खटिएको टोलीले दर्ता तथा नविकरण कार्य सम्पन्न गरेको हो । यस अवधिमा जिल्लाका २ सय ८० जना पुरानो व्यवसायीहरुको नापतौल यन्त्र नविकरण र ४९ जनाले नया दर्ता गरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
व्यवसायीहरुको नापतौल यन्त्र नविकरण तथा दर्ताबाट सरकारलाई रु १ लाख ८ हजार ४ सय ५५ रुपैयाँ राजश्व समेत संकलन भएको संघले जनाएको छ । कुनै व्यवसायीहरुले व्यवसाय सुरु गर्दा नाप्ने तौलने यन्त्रहरु खरिद गरिएको ३५ दिन भित्र दर्ता गरी सक्नु पर्ने प्रावधान छ । नियमित रुपमा तोकिएको समयमा नविकरण समेत गर्नु पर्ने हुन्छ । यसका लागि हरेक वर्ष मकवानपुर उद्योग वाणिज्य संघले नविकरण तथा दर्ताकार्यको सहजिकरण गर्दै आएको छ । तर प्रदेशनै फरक भैसक्दा पनि नापतौल कार्यालय विरगंजकै टोलीवाट यसरी वर्षमा ६ दिन मात्र समयम दिँदा नाप्ने तौलने यन्त्रहरु स्ट्याण्डर्ड अवस्थामा रहे नरहेको यकिन गर्न समस्या रहेको समेत संघले जनाएको छ ।
मकवानपुरका सबै व्यवसायीहरुले यस सम्वन्धी जानकारी र पहँुच नपाउँदा समस्या पनि देखिएको बताइएएको छ । राज्यले नापतौल यन्त्र दुरुस्त हुनुपर्ने गरी कठोर कानून बनाए पनि नियमित नापतौल यन्त्र जाँच दर्ता तथा नविकरणको लागि कम्तिमा एक स्थानीय तहमा एउटा युनिट रहन आवश्यक देखिएको समेत संघले जनाएको छ ।
यो पनि हेर्नुहोस्
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ