मकवानपुरे गायक बुद्ध मोक्तानको ‘परदेशीको गुनासो’ सार्वजनिक

६ जेष्ठ २०७६, सोमबार ०९:३९

मकवानपुर, ६ जेठ । गायक बुद्ध मोक्तानको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गायक मोक्तानकै युट्युब च्यानलमार्फत ‘परदेशीको गुनासो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा बुद्ध मोक्तानकै शब्द तथा आवाज छ । दिपकराज विश्वकर्माको सँगीत तथा एरेञ्जमा तयार भएको गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो । सुरेश राई रेकडिष्ट रहेको गीतलाई ह्वाईट साउण्ड अनामनगरका मनोज सेवाले मिक्स तथा मास्टरिङ गरेका हुन् । गीतमा श्रीमती र सन्तानलाई परदेशी भएका बुवाको पिडा समावेश गरिएको छ । हेरौँ गीतको लिरिकल भिडियो-

मकवानपुरे गायक मोक्तानका यसअघि नै ‘भुली गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियो चर्चित बनेको थियो । मकवानपुरकै नव कलाकार बुद्ध थिङ र चर्चित कलाकार आशा खड्काको अभिनय रहेको यस गीतलाई दर्शकले रुचाएका थिए । यो सामाग्री तयार पार्दाको समयमा पनि यस गीतलाई ४५ हजारभन्दा धेरैपटक हेरिएको छ । म्यूजिक भिडियोमा अर्का कलाकार अनिल मोक्तानको पनि अभिनय छ ।

चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् । गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ ।

हेरौँ भुलि गईछ्यौ

हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।

हेरौँ– दशैँ आउँदा तिहार आउँदा

यो पनि हेर्नुहोस्

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

हरेक एपिसोड ट्रेण्डिङमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*