४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

५ जेष्ठ २०७६, आईतवार २३:१४

मकवानपुर, ५ जेठ । श्रीमान श्रीमतिको पारपाचुके भएपछि एक बालकले ४ महिनासम्म बाख्राको खोरमा जिवन बिताउनुपर्यो । बुवाआमाको सम्बन्ध विच्छेद भएपछि उनीहरुका ११ वर्षीया छोरा मन्दिपको पालनपोषण आमाले गर्नेगरी मुद्दा छिनोफानो भएको थियो तर जन्मदै बौद्धिक अपाङ्गता भएका मन्दिपलाई पालन पोषण गर्नु निकै चुनौतिपूर्ण नै थियो । अझ आमाले समेत दोस्रो विवाह गरेपछि उनको अवस्था झनै नाजुक भयो । उनका बुवाले पनि पूनः विवाह भयो ।

बुबाले नयाँ श्रीमती पाए, आमाले नयाँ श्रीमान, तर मन्दिपले भने नयाँ आमा बाबा पाएनन् । शारिरीक रुपमा अस्वस्थ र राम्रो नभएकै कारण मन्दिप हेरविचार भएन । स्वस्थ भएका कारण उनका दाई मनोजलाई उनका काकाले हेरिदिएको भएपनि मन्दिपको भने अवस्था कहालीलाग्दो नै थियो । अन्तमाः हजुरबा हजुरआमाले बच्चालाई हेर्न प्रयत्न त गरे तर यो उनीहरुको सामथ्र्य भित्रको कुरा थिएन । त्यसैले मन्दिपले बाख्रा बाँध्ने खोरमा थुनिनु पर्यो । यो घटना तारकेश्वर नगरपालिका वडा नम्बर १० हिलेको हो ।

शारिरिक रुपमा कमजोर हुनुका साथै आमदानीको समेत श्रोत नभएका कारण मन्दिपका हजुरबुवा र हजुरआमाले बिहान बेलुकाको छाक टार्न समेत मुस्किल थियो । यस्तो अवस्थामा माया भएता पनि उनीहरुले मन्दिपलाई हेरविचार गर्न सकेनन् । मन्दिपको अस्वस्थताका कारण उनीहरुले बिगत ४ महिनादेखि उनलाई बाख्राको खोरमा राख्न बाध्य भए । यो कुरा सुनाउँदा उनका हजुरबुवा र हजुरआमाको मुहारमा पिडा थियो, आँखामा आँशु पनि । स्थानीयका अनुसार जस्ताले छाएको करिब ५ फिटे अस्थाइ टहरोमा बाँसको खोर बनाइ मन्दिपलाई थुन्ने गरिएको थियो । मन्दिप दुबै कान सुन्दैनन् । आँखा समेत मधुरो देख्ने उनले आफ्नो शरिरलाई समेत थाम्न सक्दैनन् । उनी औँला चुसीरहन्छन् भने औँला चुसेकै कारण उनको दुई वटा औँलाको छाला समेत अत्यन्त कमजोर भएका छन् ।

मन्दिपलाई घरमा एक्लै छाडेर काम गर्न जाँदा उनी लड्ने, अर्काको घरमा गएर समस्या पारिदिने लगायतका समस्या हुनेगथ्र्यो । केही समय अघि उनी ईनारबाट खस्नै थालेको पनि उनका हजुरबुवाले सुनाए । मन्दिपको बारेमा जानकार स्थानिय राजेश खकुरेलले यसका बारेमा रातोपाटीलाई खबर गरे । रातोपाटीका रिपोर्टर सुजन पन्तले मन्दिपको कहालीलाग्दो अवस्थालाई बाहिर ल्याए । अधिवक्ता राजु थापाले उक्त समाचार पढेपछि मानवसेवा आश्रमलाई खबर गरे । शनिबार बिहान रातोपाटीका पत्रकार राजकुमार सिग्देल, सुजन पन्त, अधिवक्ता राजु थापा, स्थानिय वडा अध्यक्ष अमृत थापा लगाएतको उपस्थितीमा मानवसेवा आश्रमले मन्दिपको उद्वार गरेको छ । हाल मन्दिपलाई मानवसेवा आश्रमको सामाखुशी शाखामा राखिएको छ । उनको स्वास्थ्य परिक्षण गराई उपचार सुरुवात समेत गरिएको छ ।

वि.सं. २०८२ सालभित्र कोहीपनि मानिस खुला आकाशमुनी कष्टपुर्ण जीवनपायन गर्न विवस मानवहरु रहित राष्ट्र नेपाल निर्माणको उद्देश्य सहित कार्यरत सामाजिक संस्था मानवसेवा आश्रमले हालसम्म १ हजार ८ सयभन्दा बढी घरबार विहिन, बेसहारा तथा असहाय मानवहरुलाई सेवा दिइसकेको मानवसेवा आश्रमले दाबी गरेको छ । हाल ६ प्रदेशको १२ ओटा जिल्लामा १४ स्थानमा यसका शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ । मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट काम सुरु गरेको हो ।

यो पनि हेर्नुहोस्

शिखरपानीमा ३६ लाखको डिप बोरिङ खानेपानी योजना

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

हरेक एपिसोड ट्रेण्डिङमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*