भिमफेदीको कोगटे–महाभिर हुँदै धार्के–फास्ट ट्रयाकसम्म सडक बन्दै

मकवानपुर, ५ जेठ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटे हुँदै महाभिर–धार्के फास्ट ट्रयाक पुग्ने सडक अहिले धमाधम निर्माण भईरहेको छ । गाउँपालिकाको वडा नम्बर ८ महाभिरमा मोटर बाटो निर्माण गर्ने काम सुरु भएसँगै स्थानीयमा खुशी छाएको छ । चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ लगानीमा सडक निर्माण गर्न सुरु गरिएको हो ।
गाउँपालिकाबाट महाभिर पुग्नका लागि १४ किलो मिटर सडक निर्माण गर्न थालिएको हो । चालु आर्थिक बर्षमा सडकको ट्रयाक निर्माण गरेर आउँदो आर्थिक बर्षबाट निरन्तर लगानी गरेर हिउँद र बर्षायाममानै सडकमा गाडी गुडाउने गरी सडक निर्माणको तयारी थालिएको छ । महाभिरका वासिन्दालाई गाउँपालिका आउनुपर्दा चार घण्टा पैदल हिड्नुपर्नेहुन्छ तर सडक निर्माण भएपछि यो समस्या हट्नेछ ।
साबिकको इपा गाबिस वडानम्बर १ गंगटे हाल भिमफेदी गाउँपालिकामा पर्ने स्थानबाट गाउँपालिकामा आउन कान्तिलोकपथ भएर पहिले हेटौंडा र त्यसपछि भिमफेदी गाउँपालिकामा जानुपर्ने बाध्यता समेत छ । यो सडक बनेपछि त्यहाँका बासिन्दाको यो समस्या पनि समाधान हुनेछ । बाटो बन्ने भएपछि भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले शनिवार कोगटे, ईपा र सुपिङका बिभिन्न क्षेत्रका जनसमुदायसँग भेटघाट र सन्चालित योजनाका विषयमा छलफल समेत गरेका छन् ।–जनपत्र डटकमको सहयोगमा
यो पनि हेर्नुहोस्
शिखरपानीमा ३६ लाखको डिप बोरिङ खानेपानी योजना
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)
६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
‘कलेजेस नेपाल’ युट्युमा सुपरहिट नाम हो भन्दा फरक पर्दैन । किन कि यस युट्युब च्यानलबाट तयार पारिएका सर्ट मूभि हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । सम्भवतः यसका पछिल्ला श्रृङ्खलाहरु युट्युब ट्रेण्डिङमा परेको दिन नै छैन भन्दा फरक नपर्ला । यसैक्रममा यसै च्यानलद्वारा निर्मित पछिल्लो भिडियो ‘डिभी काण्ड’ समेत युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५ लाख २६ हजार भन्दा बढी पटक हेरिएको छ ।
भिडियोमा १३ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘आजकलको लभ’ अन्तर्गत तयारी गरिएको यो भिडियोमा सेरिजका मुख्य कलाकारहरु जिवेश सिंह गुरुङ र रियाशा बस्नेतका साथमा कञ्चन खड्का, योगयोती क्रियाशिल, खुम रावल र राम धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवेश सिंह गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सृजन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन् । भिडियोलाई महाविर कार्कीले खिचेका हुन् ।