शिखरपानीमा ३६ लाखको डिप बोरिङ खानेपानी योजना

५ जेष्ठ २०७६, आईतवार २२:११

मकवानपुर, ५ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा ३६ लाख रुपैयाँको लागतमा खानेपानी योजना सुरु भएको छ । शिखरपानीमा जमिनमुनिबाट पानी निकाल्नका लागि आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिप बोरिङको शिलान्यास गरेका हुन् ।

खानेपानीको समस्या दिनप्रतिदिन झेद्यै आएका शिखरपानीका बासिन्दाहरुलाई यस समस्याबाट पार पाउन थोरै मात्रामा भएता पनि सहयोग पुग्ने भएको छ । खानेपानीको लागि घण्टौ सम्म हिँडेर टाढाको खानेपानीको मुहानबाट पानी ल्याउनुपर्ने बाध्यतालाई यस डिप बोरिङले अन्त्य गर्नेछ । उपमहानगरपालिकाको ३६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको योजनाबाट यस क्षेत्रमा खानेपानीको समस्या हट्ने मेयर महतले बताएका छन् । जमिनमुनिबाट बोरिङ गरेर पानी निकाल्ने योजनाको उद्घाटन गर्दै मेयर महतले हेटौँडा उपमहानगरमा पछि थपिएका वडाहरुमा सडक पूर्वाधार, बिजुली र पानीको सुबिधा पु¥याउनका लागि आफुहरु लागिपरेको समेत बताए ।

यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

हरेक एपिसोड ट्रेण्डिङमा

‘कलेजेस नेपाल’ युट्युमा सुपरहिट नाम हो भन्दा फरक पर्दैन । किन कि यस युट्युब च्यानलबाट तयार पारिएका सर्ट मूभि हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । सम्भवतः यसका पछिल्ला श्रृङ्खलाहरु युट्युब ट्रेण्डिङमा परेको दिन नै छैन भन्दा फरक नपर्ला । यसैक्रममा यसै च्यानलद्वारा निर्मित पछिल्लो भिडियो ‘डिभी काण्ड’ समेत युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५ लाख २६ हजार भन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा १३ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘आजकलको लभ’ अन्तर्गत तयारी गरिएको यो भिडियोमा सेरिजका मुख्य कलाकारहरु जिवेश सिंह गुरुङ र रियाशा बस्नेतका साथमा कञ्चन खड्का, योगयोती क्रियाशिल, खुम रावल र राम धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवेश सिंह गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सृजन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन् । भिडियोलाई महाविर कार्कीले खिचेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*