फेरि युट्युब ट्रेण्डिङमा ‘भद्रगोल’

५ जेष्ठ २०७६, आईतवार ११:१६
Bhadragol-Murchunga TV

मकवानपुर, ५ जेठ । हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्ने चर्चित टेलिसिरियल ‘भद्रगोल’ को नयाँ एपिसोड पनि ट्रेण्डिङमा परेको छ । यस अघि समेत लगातार ट्रेण्डिङमा परेको सिरियलको गत हप्ताको २११ औँ अंक युट्युब ट्रेण्डिङमा परेको हो । १७ मे को अंक यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको छैठौँ स्थानमा छ ।

यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ११ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा २४ हजार लाईक र १ हजार ६ सय डिसलाईकहरु गरिएका छन् । भिडियोमा २ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई मिडिया हबले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामिण परिवेशलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको सिरियललाई धेरैले रुचाउने गरेका छन् ।

सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् ।

हेर्नुहोस् सिरियलको २११ औँ अंक–

यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*