
तामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई करिब १० लाख भ्यूज

हेटौँडा, ५ जेठ । केही महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको तामाङ सेलो गीत ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज प्राप्त भएको छ । समाजमा पछिल्लो समय देखिएको विकृतिमा आधारित रहेर तयार भएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ९ लाख ४० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
गीतमा करिब ६ हजार ५ सय लाईक र करिब ६ सय कमेन्टहरु गरिएका छन् । चर्चित गायिका जितु लोप्चन र गायक मदन घलानको आवाजमा रहेको सुमधुर सेलो गीतका शब्द, संगीतका साथै भिडियो समेत आकर्षक बनेका कारण दर्शकले अत्याधिक रुचाएका हुन् । गीतको शब्द र संगीत सानुबाबु घिसिङले तयार पारेका हुन् । नोर्बु शेर्पाको एरेञ्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई बिक्रम मोक्तानले छायाँकन र सम्पादन गरेका हुन् । गीतलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ, मदन घलान, कुईसाङ रुम्बा, कल्पना दोङ, सम्झना दोङ र अनिता नेगीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मिलन दोङले कोरियोग्राफी गरेका हुन् भने अमिर दोङले निर्देशन गरेका हुन् । हेरौँ भिडियो–
यो पनि हेर्नुहोस्
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)
अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)
६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो