यस्तो बन्यो फोनिज ३ नम्बर प्रदेशको रणनीति (भिडियो)

५ जेष्ठ २०७६, आईतवार ०६:४८
Featured Video Play Icon

मकवानपुर, ५ जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महास.घ (फोनिज) ३ नम्बर प्रदेश कमिटको पूर्ण बैठक गत बैशाखको अन्तिम साता रसुवाको धुन्चेमा बसेको थियो । पूर्ण बैठकका साथै प्रशिक्षण कार्यक्रम समेत भएकाले कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका अध्यक्ष तथा अन्य व्यक्तित्वहरुले समेत विशेष रणनीतिहरु तयार पारेका थिए । उक्त बैठकमा कसले के भने ? हेरौँ भिडियो–

यसै अवसरमा फोनिजको प्रदेशको भेला तथा गोसाईकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ कार्यक्रम रसुवा जिल्लाको धुन्चेमा सम्पन्न भएको थियो । गोसाईकुण्ड गाउँपालिका स्याफ्रुबेशी रसुवाको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रसुवाको सह आयोजनामा भएको उक्त कार्यक्रममा सरकारका प्रबक्ता एवम संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै फोनिज प्रदेश नं ३ का अध्यक्ष पेमा लामाको अध्यक्षता कार्यक्रममा थियो ।

कार्यक्रममा फोनिजका महासचिव मनोज घर्तिमगर , नेकपा केन्द्रीय नेता सूर्य थापा, सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराव) का अध्यक्ष सुवास खतिवडा , ३ नं प्रदेशसभा सदस्य प्रेम तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ ,फोनिज जिल्ला अध्यक्ष दिपक लामा , नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, नेपाल प्रेस संगठनका नेता हिरामान तामाङ , फोनिज संघीय समितिका कोषाध्यक्ष अमरध्वज लामा, प्रदेश नं ३ का इन्चार्ज समिर बलामी लगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर ३ द्धारा जारी ९ बुँदे गोसाईकुण्ड घोषणापत्र यस प्रकार छ ।
१. श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गरियोस् ।
२. सरकारी र निजी सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएका क्षेत्रलाई अनिवार्य समावेश गरियोस् ।
३. प्रदेश सरकार र स्थानीय तहले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रमहरु अनिवार्य समावेश गराइयोस् ।
४.आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कृतिलाई सम्र्बद्धन र प्रवद्र्धन हुने गरी सञ्चार माध्यमहरुबाट अनिवार्य प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गरियोस् ।
५.सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति २०७३ संघ, प्रदेश र स्थानीय तहमा तत्काल कार्यान्वयन गर्न माग गरेको छ । आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला पत्रकारलाई सरकारको स्वामित्वमा रहेका तथा निजी सञ्चारमाध्यमहरुमा समानुपातिक समावेशी सिद्धान्त र समानताको आधारमा सहभागी गराउने व्यवस्था गरिएका छन् ।
६. संघ (केन्द्र), प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्बद्ध संघ संस्थाको क्षमता बृद्धि, संस्थागत विकासका लागि विशेष व्यवस्थाका आधारमा बजेट विनियोजन गरियोस् । र, आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तिकरण गर्न तालिम तथा प्रशिक्षणका निम्ति सरकारको तर्फबाट बजेटको व्यवस्था गरियोस् ।
७. रसुवाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा भम्रण बर्ष २०२० लाई सफल बनाउनका सञ्चार माध्यममार्फत प्रचार प्रसारमा सहयोग तथा पैरवी गर्न फोनिज प्रतिबद्ध छ । साथै निम्नानुसारका सम्पदा संरक्षण र प्रवद्र्धनका लागि सरकारसँग जोडदार माग गर्दछ ।
क) लाङटाङ, गोसाइकुण्ड, ऐतिहासिक रसुवागढी, तामाङ सम्पदा मार्ग लगायतका पर्यटकीय क्षेत्रलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्नुपर्ने ।
(ख) पर्यटन प्रवद्र्धनका निम्ति आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने ।
(ग) नेपाल–चीन नाका रसुवागढीलाई व्यवस्थित र विकास विस्तार गर्नुपर्ने ।
८) रसुवाका पर्यटकीय स्थानहरुको पहिचान गरी त्यसको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने ।

फोनिज प्रदेश ३ ले गोसाईकुण्ड गाउँपालिका रसुवामा सम्पन्न भेलाले फोनिज प्रदेश कल्याणकारी कोष संचालन गर्ने निर्णय गरेकोले सम्बन्धित निकायहरुबाट सहयोग लागि आह्वान गरिएको छ ।

फोनिजसँग सम्बन्धित केही समाचारहरु

नुवाकोट, २ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्डोङ, महासचिवमा सुरजकुमार भुजेल, सङ्गठन सचिवमा पूर्णिमा स्याङ्वा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाल चयन भएका थिए । त्यस्तै सदस्यमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, सहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बू, नवीन रानामगर, राजेश बज्राचार्य, पुष्पा राई हायु चयन भएका थिए । अधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पनि चयन गरेको छ । समितिको सदस्यमा राजकुमार शाक्य र रिदेन महर्जन चयन भएका छन् ।

 

यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*