१२० किलो गाँजा सहित मकवानपुरका २ जना पक्राउ

४ जेष्ठ २०७६, शनिबार १७:४२
Gaja Pakrau-Murchunga TV

मकवानपुर, ४ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित सडक खण्डबाट १ सय २० किलो गाँजा सहित ट्रक धनी र एक जना युवक पक्राउ परेका छन् । शनिबार बिहान करिब साढे २ बजेको समयमा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ट्रक धनी २८ वर्षीय सुकुलाल थिङ र सोही स्थानका स्थायी घर भएका ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरिएको हो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त बिशेष सुचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलीले नवलपुरमा जाँचको क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ ख ३७१५ नम्बरको हरियो सेतो रङको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा सो ट्रकभित्र बिजय लेखेको कुखुराको दानाको सेतो बोराहरूमा गाँजा फेला परेको हो । उक्त दानाको बोराहरू हटाई हेर्दा सेतो प्लाष्टिकको बोरा भित्र प्लाष्टिकमा बेरेर डोरीले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ११ वटा पोकामा लागू औषध गाँजा जम्मा १२० किलो फेला परेको हो ।

उक्त ट्रकका चालक तथा ट्रक धनी सुकुलाल थिङ र सोही ट्रकमा सवार रहेका राक्सिराङमै स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका १३ गितानगर बस्ने नमराज दर्जीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले अपराध गरेको ठहरेमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र ट्रक समेत जफत हुनसक्ने प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
हेटौँडामा बिहानै बस दुर्घटना, चालकको ज्यान गयो

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*