हेटौँडामा बिहानै बस दुर्घटना, चालकको ज्यान गयो

४ जेष्ठ २०७६, शनिबार ११:०८

मकवानपुर, ४ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा दुई वटा बस आपसमा ठोक्किदा एक जना सवारी चालकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त सडकमा सवारीलाई ओभटेक गर्ने क्रममा दुई वटा बस आपसमा ठोक्किदा बसका चालक साविकको उदयपुर वरही गाउँपालिका–६ का ४० बर्षीय मानबहादुर मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

सवारी दुर्घटनामा ३० जना यात्रु घाईते समेत भएका छन् । शनिबार बिहान करिब ३ बजेको समयमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना. ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र ईलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा आफ्नै साईडमा गुडिरहेको ना ७ ख २०५७ नम्बरको बसका चालक मगरको मृत्यू भएको हो । अर्को बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मध्ये तीन जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको र घाइते १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकी घाईतेहरु भने सामान्य उपचारपछि आ–आफ्नो घर फर्किएका छन् ।

यो पनि हेर्नुहोस्

बुद्ध जयन्तीका अवसरमा हेटौँडामा पूजापाठ र शान्ति पदयात्रा

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*