बुद्ध जयन्तीका अवसरमा हेटौँडामा पूजापाठ र शान्ति पदयात्रा

मकवानपुर, ४ जेठ । आज परेको २५६३ औँ बुद्ध जयन्तीको अवसरमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा अवस्थित गुम्बामा पुजापाठ भएको छ । सानोपोखरामा अवस्थित जिग्तेन शिवा छ्योइलिङ गुम्बामा पुजापाठ भएको हो । पुजापाठका साथै शान्ति पदयात्रा तथा साँझमा दिप प्रज्वलन कार्यक्रम पनि रहेको सञ्चारकर्मी राजेन्द्र योञ्जनले जानकारी दिए । अध्यक्ष डोल्मो गोलेको उपस्थितिमा बिहान १० बजेसम्म पुजापाठ भएको हो ।
पुजापाठमा गुरु ज्योमो लारिन डोल्मो, ज्योमो पाल्साङ डोल्मो र लोप्साङ्ग लामा लगायतको उपस्थिति रहेको थियो । पुजाका साथै गुम्बा परिसरबाट हेटौँडाको बुद्ध चोकसम्म र्यालीको समेत आयोजना गरिएको छ । केही समय अघि यस गुम्बामा रहेको मुर्ति चोरी भएको थियो । चोरी भएको मुर्तिको कुनै जानकारी नआएतापनि अहिले अध्यक्ष डोल्मो लामाको आफ्नै खर्चमा अर्को मुर्ति ल्याईसकिएको र यसलाई विधिविधान अनुसार स्थापना गरिने बताइएको छ ।
शान्ति पदयात्राका साथै शुभकामना आदान प्रदान गरेर आज साँझ बुद्ध चोकमा बत्ति बाल्ने कार्यक्रम समेत रहेको लामा गुरुहरुले जानकारी दिए । पुजामा १ सय ५० भन्दा बढीले सहभागिता जनाएका छन् । बुद्ध जयन्तीका अवसरमा आज देशैभरि विभिन्न कार्यक्रमहरु भईरहेको छ ।
यो पनि हेर्नुहोस्
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)
मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन
हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)
गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय
मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा
६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल