मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुर, ३ जेठ । मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सोमबार छात्रालाई विद्यालयकै शौचालयमा बलात्कार गरेको उजुरी परेपछि २२ वर्षीय उक्त युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएपछि उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र जबरजस्ती करणी मुद्धामा छानबिन भइरहेको बताइएको छ ।
मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७५–७६ को चैतसम्मको ९ महिनाको अवधिमा २५ वटा बलात्कारको घटना दर्ता भएका छन् । सबैभन्दा बढी बलात्कारका घटना २०७५ को कात्तिक र चैतमा ५–५ वटा भएका छन् । बलात्कृत हुनेमा सबैभन्दा धेरै १६ देखि २५ बर्ष उमेर समूहका १४ जना युवती र १६ बर्षभन्दा मुनिका ७ जना बालिका रहेको प्रहरीको तथ्यांक रहेको छ । (नागरिक दैनिकमा पत्रकार अशोक सुजन श्रेष्ठद्वारा प्रकाशित समाचारको अंश) तस्बिर–साँकेतिक
यो पनि हेर्नुहोस्
कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन
हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ राप्तिरोडमा अवस्थित हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल चोरेको आरोपमा मकवानपुर प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १८ को दिप सागर मिजार र हेटौँडा–४ मा बस्ने वर्ष २१ को सन्देश दुलाललाई मोबाईल चोरेको आरोपमा पक्राउ गरेको हो ।
सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)
गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय
मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा
६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल