
कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन

मकवानपुर, ३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कर्रा बस्ती बचाउ अभियानका लागि सरोकार समिती गठन गरिएको छ । बस्तिका सरोकारवालाहरुको भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरेको हो ।
समितिमा टोल विकास संस्थाका अध्यक्षहरु पदेन सदस्य चयन गरिएका छन् । भेलामा वडा सदस्यहरु ईन्द्रप्रसाद नेपाल, धर्म बस्नेत र साधना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
आगामी बर्षका लागि आवश्यक बजेट विनियोजन गरी कर्रा बस्ती संरक्षणका लागि प्रदेश ३ का मन्त्रालयहरुमा पहल गरिने समितिका संयोजक श्रेष्ठले बताएका छन् । तस्बिर–फाईल
यो पनि हेर्नुहोस्
हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ राप्तिरोडमा अवस्थित हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल चोरेको आरोपमा मकवानपुर प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १८ को दिप सागर मिजार र हेटौँडा–४ मा बस्ने वर्ष २१ को सन्देश दुलाललाई मोबाईल चोरेको आरोपमा पक्राउ गरेको हो ।
सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)
सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रसुवामा केही समय अघि आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेश पूर्ण भेला तथा गाउँ भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रममा रसुवा जिल्लाका पर्यटकीय सम्भावनाका बारेमा विभिन्न कुराहरु गरे । उनले फोनिजका साथै पर्यटन विकासमा पनि सहयोग गर्ने बचन समेत दिए ।
गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय
मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा
६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?
इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल