हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार २०:५४
Mobile Chori-Murchunga TV

मकवानपुर, ३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ राप्तिरोडमा अवस्थित हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल चोरेको आरोपमा मकवानपुर प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १८ को दिप सागर मिजार र हेटौँडा–४ मा बस्ने वर्ष २१ को सन्देश दुलाललाई मोबाईल चोरेको आरोपमा पक्राउ गरेको हो ।

गत बैशाख ५ गते राति २ बजेको समयमा हेटौडा अस्पतालमा बेड भर्ना भएका बिरामीहरु तथा कुरुवाहरुको मोबाईलहरु चोरी भएको भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको थियो । निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा मकवानपुरबाट आवश्यक अनुसन्धान तथा खोजतलास गरी जेठ २ गते बिहीबार हेटौँडा ९ बस्ने सागर मिजारको साथबाट कलर्स कम्पनिको मोबाईल थान १, सामसुङ कम्पनिको मोबाईल १ थान एमआई कम्पनीको मोबाईल १ थान र इएएइ कम्पनीको मोबाईल १ थान फेला परेको प्रहरीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै हेटौँडा ४ बस्ने शन्देश दुलालको साथबाट एमआई कम्पनिको मोबाईल १ थान फेला परेको प्रहरीले जनाएको छ । उक्त मोबाईलहरु सहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धि कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौँडा १० बाट उनीहरुको साथमा ५ थान मोबाईल फेला परेको प्रहरीको दाबी छ ।

उनीहरुले चोरी गरेको ठहर भएमा कानुन अनुसार चोरी सम्बन्धि कसुरमा ३ बर्ष सम्म कैद र ३० हजार सम्म जरीवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*