मकवानपुरे छिरिङ दोर्जे लामाको ‘दोहोरो माया’ सार्वजनिक

३ जेष्ठ २०७६, शुक्रबार ०८:५७
Dohoro Maya-Murchunga TV

मकवानपुर, ३ जेठ । मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छिरिङको शब्द तथा संगीतमा तयार भएको लोकदोहोरी गीत ‘दोहोरो माया’ मा चर्चित गायिका अर्चना स्याङ्तान र गायक जनक लामाले आवाज दिएका छन् ।

विष्णु तामाङको एरेञ्जमा तयार भएको गीतको अडियो भिडियो अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यनलबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा चन्द्र तामाङ र सेञ्जी ब्लोनले अभिनय गरेका छन् । म्युजिक भिडियोमा प्रविण थापाको निर्देशन तथा नमराज घिमिरेको छायाँकन रहेको छ । शक्ति प्रज्वल घिमिरेको सम्पादनमा तयार भएको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।

छिरिङको शब्दमा यसअघि नै नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ । मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको विभिन्न गीतहरु सार्वजनिक भइसकेका छन् । लामाको यस अघि नै बालै फरर, मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् ।

विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।

हेर्नुहोस् भिडियो–

 

यो पनि हेर्नुहोस्

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*