गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

३ जेष्ठ २०७६, शुक्रबार ०८:२६
Puja Gole Balai Farara-Murchunga TV

मकवानपुर, ३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी नव कलाकार पुजा गोलेले गायक जनक लामाको नयाँ गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जनक लामा र अर्चना स्याङ्तानको आवाजमा तयार पारिएको डिजे गीत ‘बालै फरर’ मा उनले अभिनय गरेकी हुन् । गीतमा मकवानपुरे चर्चित कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द रहेको छ ।

गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा पुजासँगै अनुप विष्टले अभिनय गरेका छन् । राम घिमिरे कल्याणको संगीत तथा बिष्णु तामाङको एरेञ्जमा गीत तयार भएको हो । गीतको अडियो भिडियो अर्चना स्याङ्तानको निर्माणमा तयार भएको हो ।

गीतमा सजित ब्लोन तामाङको प्रस्तुती रहेको छ । गीतको म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । नमराज घिमिरेको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।

हेर्नुहोस् भिडियो–

 

यो पनि हेर्नुहोस्

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

नोमिनेशनमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा आफ्ना दर्शक श्रोतामाझ बाँडेकी छिन् । उनले आफुलाई भोट गरेर उक्त अवार्डको हकदार बनाउनका लागि पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेरो गीत ‘डम्फुमा सेलो’लाई सपोर्ट र माया गरिदिनुभएकोमा तपाईहरु सबैलाईलाई धन्यवाद, प्लिज भोट गरिदिनुहोला ।’ उनलाई भोट गर्न GMA 29A टाईप गरेर ३५००५ मा म्यासेज गर्न सकिनेछ ।

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*