मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

३ जेष्ठ २०७६, शुक्रबार ०७:१९
Mings Lama-Murchunga TV

मकवानपुर, ३ जेठ । चर्चित गायिका मिङ्स लामा जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अन्तर्गत उत्कृष्ट महिला गायिकाका रुपमा नोमिनेशनमा परेकी छिन् । उनी तामाङ सेलो ‘डम्फुमा सेलो’ बोलको गीतबाट जिनियस म्युजिक अवार्ड २०७५ को उत्कृष्ट महिला गायिकामा नोमिनेशनमा परेकी हुन् ।

नोमिनेशनमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा आफ्ना दर्शक श्रोतामाझ बाँडेकी छिन् । उनले आफुलाई भोट गरेर उक्त अवार्डको हकदार बनाउनका लागि पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेरो गीत ‘डम्फुमा सेलो’लाई सपोर्ट र माया गरिदिनुभएकोमा तपाईहरु सबैलाईलाई धन्यवाद, प्लिज भोट गरिदिनुहोला ।’ उनलाई भोट गर्न GMA 29A टाईप गरेर ३५००५ मा म्यासेज गर्न सकिनेछ ।

मिङ्स लामाको ‘डम्फुमा सेलो’ फ्युजन गीतमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । सर्वाधिक रुचाइएको यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २९ लाख १५ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १९ हजार लाईक र १ हजार डिसलाईक रहेको छ भने १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । फडिण्द्र राईको एरेञ्ज तथा दिपेश तामाङको मिक्सिङमा तयार भएको गीतको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र सुमी मोक्तानको अभिनय देख्न सकिन्छ । सोनाम लामा ब्लोनको निर्माणमा बनेको म्युजिक भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । धिरजजंग शाहले खिचेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पेमा मानसिं तामाङले ड्रोन चलाएको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

हेरौँ म्यूजिक भिडियो–

जिनियस म्युजिक प्रालिको दशौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको यस अवार्डमा विक्रम सम्वत २०७५ सालभित्र सार्वजनिक भएका गीतहरुमध्ये उत्कृष्टलाई अवार्ड दिने कार्यक्रम तय भएको छ । अनलाईन आवेदनसँगै सुरु भएको यस अवार्डको फाईनल यति जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ । कलाकार र श्रष्टाको सम्मान गर्ने उदेश्य सहित अवार्ड कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

यो पनि हेर्नुहोस्

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*