इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

एजेन्सी, २ जेठ । जीवनमा सकरात्मक परिवर्तन खेल्न समेत सघाउ पुराउने सामाजिक सञ्जालको गलत प्रयोगका कारण कयौँ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै एउटा घटनाका कारण अहिले अनलाईन मिडिया तातिएको छ । समाचारमा जनाइए अनुसार चर्चित फोटो शेयरिङ एप इन्स्टाग्राममा मर्ने कि नमर्ने ? भन्ने विषयमा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छिन् । मलेसियाकी १६ वर्षीया ती किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग आफु मर्दा ठिक हुन्छ कि बाँच्दा ठिक हुन्छ भन्दै मत सर्वेक्षण गरेपश्चात आत्माहत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अचम्मको कुरा त के भने उनका फलोअर्समध्ये मत सर्वेक्षणमा भाग लिएका ६९ प्रतिशत फलोअर्सले उनलाई मर्दा ठिक हुन्छ भन्ने मत दिए । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा यस्तो लेखेकी थिईन्–‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् ।
उनको आत्माहत्यासँगै उनको इन्स्टाग्राम सर्वेक्षणमा मर्दा ठिक हुन्छ भनेर मत जाहेर गर्ने प्रयोगकर्तामाथि समेत आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही हुनसक्ने सम्भावना बढेको छ । समाचार एजेन्सीहरुमा उक्त किशोरीको नाम भने उल्लेख गरिएको छैन । किशोरीको आत्माहत्या बारे द गार्जियन डटकम वेबसाईटले विस्तृत रिपोर्ट समेत बनाएको छ । उक्त अनलाईनका अनुसार यदि ति किशोरीका फलोअर्सहरुले नमर्ने सल्लाह दिएको भए पनि ती किशोरीले आत्माहत्या गर्ने वा नगर्ने भन्ने कुरामा कुनै ग्यारेन्टी नभएको समेत उल्लेख छ ।
यो पनि हेर्नुहोस्
ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित
पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?
छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक
चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा
एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक
महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ
७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग
इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?
फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल