ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

२ जेष्ठ २०७६, बिहीबार ०८:२८
Twitter-Murchunga TV

एजेन्सी, २ जेठ । ट्वीटर माईक्रो ब्लगिङ साईटहरुमध्ये लोकप्रिय साईट हो तर पनि यसले विभिन्न समस्याहरु झेल्दै आईरहेको छ । पछिल्लो समयमा विभिन्न समस्यामा गुज्रँदै र थप सुधार गर्दै आएको ट्वीटरले ६ महिनाको अवधिमा नै १ लाख ६० हजारभन्दा बढी ट्वीटर अकाउन्टहरु बन्द गरिदिएको छ । हुन त आफ्नो प्रयोगकर्ताका अकाउन्ट बन्द गर्दा यसको घाटा प्रत्यक्ष रुपमा ट्वीटरमा पर्छ तर पनि विविध कारणले गर्दा ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा यति ठूलो संख्यामा अकाउन्ट बन्द गराएको हो ।

बन्द गरिएका ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटर यस्तो कदम चाल्न बाध्य भएको हो । ट्वीटरको सुधारका लागि शून्य सहनशीलता नीति लागु गरेको ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो । अधिकारीहरुका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।

विश्वका विभिन्न ८६ देशका सरकारहरुले ट्वीटर समक्ष आफ्नो देशका ट्वीटर प्रयोगकर्ता सम्बन्धी सूचना माग गरेका थिए । त्यसरी माग गरिएकामध्ये ३० प्रतिशत माग अमेरिकी सरकारबाट प्राप्त भएका थिए । त्यस्तै जापानबाट २४ प्रतिशत, भारत तथा जर्मनीबाट ६–६ प्रतिशत तथा फ्रान्सबाट ५ प्रतिशत माग गरिएको थियो । ट्वीटरले पहिलोपटक बुल्गेरिया, मेसेडोनिया तथा स्लोभेनिया लगायतका देशका सरकारहरुबाट समेत ट्वीटर अकाउन्ट सम्बन्धी जानकारी उपलब्ध गराउने अनुरोध प्राप्त गरेको थियो । यसरी चारैतिरबाट दबाब झेलेपछि ट्वीटर आफै त्यस्ता अकाउन्टहरु बन्द गर्न अघि सरेको हो ।

यो पनि हेर्नुहोस्

के चन्द्रमा खुम्चिएकै हो ?

हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*