के चन्द्रमा खुम्चिएकै हो ?

२ जेष्ठ २०७६, बिहीबार ०८:१०

मकवानपुर, २ जेठ । चन्द्रमा विषयमा हामी मानिस जाति मात्र होईन प्रकृतिका अन्य सृष्टिले पनि चासो राख्ने गर्छन् । चन्द्रमाकै गतिका कारण पृथ्वीमा ऋतु परिवर्तन लगायतका प्रक्रियाहरु सञ्चालन हुन्छन् । संसारका कतिपय पात्रोहरु आज पनि चन्द्रमाकै गतिका आधारमा निर्धारण गरिन्छ । कतिपयले चन्द्रमालाई कुरुप रुपमा चित्रण गर्छन् भने कतिपयले यसको सुन्दरताको पनि विष्लेषण गर्छन् । आफ्नो प्रेमिकालाई अधिकांश प्रेमीहरुले जुनसँग तुलना गर्छन् चाहे त्यो सुन्दरताको आधारमा होस् या प्राप्तिका आधारमा होस् ।

चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । निल आर्मस्ट्रंगले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए । सन् १९७२ मा यूजिन सेरननले पनि चन्द्रमामा पाइला टेके । उनी नै अहिलेसम्म चन्द्रमामा पुग्ने अन्तिम यात्री हुन् । त्यसयता चन्द्रमामा मानिसलाई पठाइएको छैन । यद्यपि, लूनार रिकनिसेन्स अर्बिटर नामक स्याटेलाइटका माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ ।

वैज्ञानिक युगका मानिसहरु जस्तै प्राचिन समयमा पनि अथार्तत सृष्टिका सुरुका दिनहरुमा पनि चन्द्रमाका विषयमा चासो लिनेहरु धेरै थिए । दिनको एक दिन गायब भएर रात पार्ने सूर्यलाई भन्दा पनि महिनाको १५ दिन गायब हुने चन्द्रमाका बारेमा धेरैको चासो थियो । यद्यपि केही धर्मले चन्द्रमालाई भगवान पनि भन्ने गरेका छन् तथापि मानिसले चन्द्रमामा पाईला टेकेदेखि चन्द्रमा भगवान हो वा कुनै उपग्रहमात्र हो भन्ने बारेमा प्रष्ट भईसकेको पनि छ । यस वैज्ञानिक खोजले चन्द्रमा पनि भगवान नभई सृष्टिकर्ताले मानिसको लागि बनाउनुभएको एउटा अत्यावश्यक बस्तु हो भन्ने कुरा पनि प्रमाणित भइसकेको छ । चन्द्रमाका विषयमा धेरै वैज्ञानिक खोज अनुसन्धान भईरहेका छन् । यसैक्रममा एक वैज्ञानिक तथ्यले चन्द्रमा विस्तारै खुम्चँदै गईरहेको दाबी समेत गरेको छ । यो कुरा सुन्दा तपाईलाई अचम्म लाग्यो होला ।

वैज्ञानिक खोज गर्दै आएको संस्था नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका कारण आकार पनि कम हुँदै गएको छ । नासाका स्याटालाईटहरुले खिचेका चन्द्रमाका हजारौं तस्वीरहरुको विश्लेषणबाट यस्तो निश्कर्ष निकालिएको समेत समाचार रिपोर्टहरुमा उल्लेख छ । लुनर रिकनिसेन्स अर्बिटरले खिचेका १२ हजारभन्दा धेरै तस्वीरको विश्लेषण अनुसार चन्द्रमाको उत्तरी ध्रुवस्थि चन्द्र बेसिन मारे फ्रिगोरिसमा दरार पैदा भैरहेको छ । वैज्ञानिककै रिपोर्टलाई विश्वास गर्ने हो भने त्यो ठाउँ भासिँदै समेत गएको छ । हामी मध्ये कसैले चन्द्रमा निकै छिटो खुम्चिएको भन्ने अनुमान गर्न सक्छौँ तर वास्तविकता भने त्यस्तो होईन । लाखौँ वर्षमा गरी चन्द्रमा जम्मा ५० मिटरमात्र खुम्चिएको वैज्ञानिकहरु बताउँछन् । चन्द्रमामा लगातार भईरहेको उर्जा दहन हुने प्रक्रियाका कारणले पनि चन्द्रमाको सतहमा असर परिरहेको र चन्द्रमाको आकार कम भैरहेको वैज्ञानिकहरुको निश्कर्ष छ ।

एक रिपोर्टका अनुसार युनिभर्सिटी अफ मेरील्याण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरले चन्द्रमामा लाखौँ वर्ष पहिले भएको भौगर्भिक गतिविधि अहिले पनि जारी भएको बताएका छन् । सबैभन्दा पहिले सन् १०६० तथा १९७० को दशकमा अपोलो अन्तरीक्षयात्रीहरुले चन्द्रमामा भूकम्पीय गतिविधिको मापन सुरु गरेका थिए । चन्द्रमामा रहेका लाखौं बेसिनमध्ये मारे फ्रिगोरिस त्यस्तो ठाउँ हो जसलाई भूवैज्ञानिक दृष्टिले एक मृतस्थल मानिन्छ । पृथ्वीमा जस्तो चन्द्रमामा कुनै भौगर्भिक प्लेट छैन । तथापि चन्द्रमामा भूकम्पीय गतिविधिहरु भएका कारण वैज्ञानिकहरु आश्चर्य चकित हुने गरेका छन् । कुनै प्लेट बिनै कसरी भुकम्प गयो भन्ने कुरा जुनसुकै वैज्ञानिकको लागि टाउको दुखाउने विषय हो । वैज्ञानिकहरुका अनुसार उर्जा दहन हुने प्रक्रियामा साढे ४ अर्ब वर्ष पहिले चन्द्रमामा यस्तो गतिविधि भएको थियो । जसका कारण चन्द्रमाको सतह दरारयुक्त छ । त्यस प्रक्रियामा चन्द्रमामा भूकम्प पनि आउने वैज्ञानिकहरुको दाबी छ ।

(विभिन्न समाचार एजेन्सीहरुका आधारमा तयार पारिएको सामाग्री)

यो पनि हेर्नुहोस्

हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*