हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना

१ जेष्ठ २०७६, बुधबार २२:४७
Accident-Murchunga TV 1

मकवानपुर, १ जेठ । मकवानपुरको हेटौँडा बजारमा बुधबार एकेदिनमा दुई वटा सवारी दुर्घटनाका घटनाहरु भएका छन् । हेटौँडाको सानोपोखरा र उद्योग वाणिज्य संघ पिपलबोट नजिकै गरी दुई वटा सवारी दुर्घटना भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा सडकमा बनाइएको डिभाईडरमा ठोकिएर टिफर दुर्घटना भएको हो । त्यस्तै पिपलबोट नजिकै टिफर र आईचर गाडीको बिचमा मोटरसाईकल च्यापिँदा अर्को दुर्घटना भएको हो ।

कान्तिराजपथ सडकखण्डको बिचमा फुल रोप्नको लागि बनाईएको डिभाईडरमा ना १ क ५९५२ नम्बरको टिफर ठोकिएर दुर्घटना हुँदा चालक चालक घाईते भएका छन् । उनलाई उपचारको लागि अस्पतालमा लगिएको छ । सवारी चालकहरुले डिभाईडरलाई याद नगरेको र डिभाईडर भएको ठाउँमा संकेत नभएकोले दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् ।

त्यस्तै हेटौँडाको पिपलबोट नजिकै भैंसेबाट आउँदै गरेको ना ७ ख ५५५० नम्बरको टिफर र सोही दिसाबाट आईरहेको ना ४ ख ५०२० नम्बरको आईचर गाडीको बिचमा ना ३ प १४०२ नम्बरको मोटरसाईकल च्यापिँदा अर्को दुर्घटना भएको हो । दुर्घटनामा परेको मोटरसाईकल पूर्ण रुपमा क्षति भएता पनि कुनै मानविय क्षति भने भएन । सवारी चालकहरुको आपसी समझदारी पश्चात उनीहरु आ–आफ्ना गन्तव्य स्थानतर्फ लागेका छन् ।

यो पनि हेर्नुहोस्

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*