निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

१ जेष्ठ २०७६, बुधबार २१:२३

मकवानपुर, १ जेठ । तामाङ चलचित्र संघ नेपालका महासचिव, सञ्चारकर्मी तथा कलाकर्मी जयनकुमार मोक्तान ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ को सदस्यमा मनोनित भएका छन् । चलचित्र विकास बोर्डको बैशाख २५ गते बसेको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । बोर्डले सुर्य प्रकाश चेम्जोङको संयोजकत्वमा मोक्तान सहित ८ सदस्यहरु रहने गरी उनलाई सदस्य मनोनित गरेको हो ।

हाल प्रसारण भईरहेको चर्चित अनि एकमात्र तामाङ भाषाको टेलिचलचित्र ‘आबा ङाछा’ का निर्देशक समेत हुन् । ‘तामाङ आवाज’ मासिक पत्रिकाबाट पत्रकारिता शुरू गरेका जयनकुमार मोक्तान ‘तामाङ सिने एक्सप्रेस’का प्रकाशक तथा सम्पादकका रूपमा लामो समयदेखि कार्यरत छन् । रेडियो मिर्मिरे एफ एम र रेडियो जनसंचार एफ एम हुँदै च्यानल नेपालबाट तामाङ चलचित्र सम्बन्धी तामाङ भाषाको कार्यक्रम सञ्चालन गरेका मोक्तानले २०६३ सालमा ‘लेङस्याला सेम जो’ नामक चामाङ चलचित्रबाट कोरियोग्राफरका रूपमा तामाङ भाषाको चलचित्रमा काम सुरु गरेका हुन् । मोक्तान उक्त समितिमा एकमात्र तामाङ सदस्य हुन् ।

मोक्तान समितिमा मनोनित भएकोमा खुशी व्यक्त गर्दै तामाङ चलचित्र संघका अध्यष बिकु थोकरले उनलाई बधाई दिँदै सामाजिक सञ्जालमार्फत बधाई सन्देश समेत दिएका छन् । उनले लेखेका छन् –‘बिगत लामो समयदेखि तामाङ चलचित्र र तामाङ चलचित्र संघमा योगदान पुर्याउँदै आउनु भएका तामाङ टेलिचलचित्र ‘आबा ङाछा’ का निर्देशक तथा तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तान ज्यू आदिवासी जनजाति मातृभाषा चलचित्र प्रबद्र्धन समितिका सदस्य जस्तो गरिमामय पदमा मनोनित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

यो पनि हेर्नुहोस्

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*