ज्यामिरे कालिका वनका पदाधिकारीहरुद्वारा सपथ ग्रहण

१ जेष्ठ २०७६, बुधबार २१:०३
Jyamire Kalika Ban-Murchunga TV

जयराम मोक्तान, मकवानपुर, १ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समुहका नवनिर्वाचित पदाधिकारीहरुले सथप ग्रहण गरेका छन् । गत बैशाख २७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका नयाँ पदाधिकारीहरुलाई वन समुहको सभाहलमा सपथ ग्रहण गराइएको हो ।

नयाँ पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक इश्वर चन्द्र रिजालले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण संगै नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । उनीहरुलाई मनहरी ९ नम्बर वडाका अध्यक्ष साधुराम अधिकारी, ९ नम्बरका वडा सदस्यहरु गुप्त बहादुर थापा , कृष्ण विंडारी लगाएतकाले संयुक्तरुपमा प्रमाण पत्र प्रदान गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका ९ नम्बरका वडा अध्यक्ष साधुराम अधिकारीले विजयी सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताका लागि शुभकामना समेत ब्यक्त दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपक पुलामी मगरले उपभभोक्ताहरुको चाहना विपरित कुनै पनि कार्य नर्गने प्रतिबद्धता जनाए । ‘हाम्रो टिमलाई राम्रो काम गर्नको लागि जिताइएको हो , हामी राम्रो काम मात्र गर्छौँ, नवनिर्वाचित अध्यक्ष पुलामीले भने , ‘उपभोक्ताहरुको मार्ग दर्शन भन्दा एक इन्च पनि दाया बाया हुँदैन ।’ ९ नम्बरका वडा अध्यक्ष साधुराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ९ नम्बरका वडा सदस्यहरु गुप्त बहादुर थापा , कृष्ण बिंडारी तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*