मनहरीमा आदिवासी जनजाति महिलालाई तालिम

१ जेष्ठ २०७६, बुधबार २०:३८

जयराम मोक्तान/ मकवानपुर, १ जेठ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा आदिवासी जनजाति महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु भएको छ । आदिवाासी जनजाति समन्वय समिति मनहरी गाउँ इकाई कमिटीको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

जनजाति महिलाहरुलाई विभिन्न क्षेत्रमा अगाडि बढाउने उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष मनिला विष्टले महिला र पुरुषको तुलना गर्न नमिल्ने बताए । पुरुष सरह हरेक क्षेत्रमा महिलाहरु अगाडि बढिसकेको भन्दै उपाध्यक्ष विष्टले केही कारणले सिमित महिलाहरु पछि परेको उनले स्विकारिन् । पछि परेका महिलाहरुलाई अगाडि बढाउनका लागि तालिमले निकै महत्वपूर्ण भूमिका खेल्ने उपाध्यक्ष विष्टले बताईन् ।

तालिममा सहभागीहरुलाई गाउँपालिका उपाध्यक्ष मनिला विष्ट र योजना प्रमुख दिपकराज मिश्रले सहजीकरण गरेका थिए । तालिममा ३० जना भन्दा बढी आदिवासी जनजाति महिलाहरुको सहभागी छन् । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्ट , योजना प्रमुख मिश्र , आदिबासी जनजाति समन्वय समिति मनहरीका कार्यबाहक उपाध्यक्ष बुद्ध रत्न लामा लगायतको उपस्थिति रहेको थियो । तस्बिर–साँकेतिक

यो पनि हेर्नुहोस्

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*