पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

१ जेष्ठ २०७६, बुधबार १६:३०
FNJ Makawanpur-Murchunga TV

मकवानपुर, १ जेठ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको बैशाख ३१ गते बसेको कार्य समिति बैठकले महासंघको नयाँ सदस्यता खोल्ने निर्णय गरेको छ । नयाँ सदस्यता खुलेसँगै जिल्लाका विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको छ ।

महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सक्ने महासंघका जिल्ला अध्यक्ष हरि हुमागाईले बताए । यही जेठ ९ गतेसम्म पत्रकार महासंघ मकवानपुरको सदस्यता फारम भर्न सकिने सचिव गणेश दर्पण अधिकारीले बताएका छन् । सदस्यताको टुंगो पत्रकार महासंघको कार्य समिति बैठकले लगाउनेछ ।

नयाँ सदस्यताका लागि फारम पत्रकार महासंघको वेभसाइट वा पत्रकार महासंघ मकवानपुरमा सम्पर्क गरी लिन सकिनेछ । सदस्य बन्नका लागि १२ कक्षा पासको प्रमाणपत्र, काम गर्दै आएको मिडिया हाउसको सिफारिस तथा नियुक्तिपत्र, काम गर्दै आएको प्रमाण (समाचार कटिङ अथवा कार्यक्रम–समाचारको क्लिप), तलब बुझेको प्रमाणको फोटोकपी, नागरिकताको फोटोकपी तथा २ प्रति फोटोका साथमा नयाँ सदस्यता सम्बन्धि फारम भरेर बुझाउनुपर्ने बताइएको छ ।
नयाँ सदस्यताका लागि आवश्यक फारम यहाँ डाउनलोड गर्नुहोस्

यो पनि हेर्नुहोस्

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*