तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

३१ बैशाख २०७६, मंगलवार १८:४२
Ghran-Murchunga TV 2

मकवानपुर, ३१ बैशाख । केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर भ्यूज आधा लाख कटेको छ । लभ–एक्सन दृश्यहरुले भरिएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ५१ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ७ सयभन्दा बढी लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । बुढासुब्बा डिजिटलले चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो ।

नायक सागर घिसिङको दोहोरो भूमिका रहेको चलचित्रमा नायिका सुष्मा मोक्तानको समेत एक्सन दृश्य समावेश छ । चलचित्रका मुख्य खलपात्रका रुपमा देखिएका विकास स्याङ्तानको खतरनाक अवतार पनि चलचित्रमा समावेश छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रमा सागर र सुस्मासँगै चर्चित नायिका सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

चलचित्रका तिङ मी ढुकढुक, सारी आरे लगायतका गीतहरु चर्चित बनेका छन् । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको कथा बोकेको छ । तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।

यो पनि हेर्नुहोस्

यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*