नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु

३१ बैशाख २०७६, मंगलवार ०८:०२

मकवानपुर, ३१ जेठ । नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ । अधिकांश समय नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी फिल्मले कब्जा जमाउने गर्छ । यस सामाग्रीमा हामीले कुनै समय नेपाली युट्युब सर्भरमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा नै कब्जा जमाउन सफल २ हिन्दी चलचित्रहरुका बारेमा चर्चा गरेका छौँ । भिआईपी–२ लल्कार र हिन्दी चलचित्र सञ्जुको ट्रेलर र गीतले कुनै समय एकैपटक ट्रेण्डिङ कब्जा गरेको थियो ।

नम्बर १ – भिआईपी–२ लल्कार

युट्युब ट्रेण्डिङको १ नम्बरमा पर्न सफल हिन्दी डब्ड चलचित्र ‘भिआईपी–२ लल्कार’लाई अहिले पनि युट्युबमा हेर्न सकिन्छ । साउथ ईण्डीयन चलचित्र ‘भेलाईल्ला पत्ताधारी–२’ को हिन्दी भर्सनको यस चलचित्रमा चर्चित नायक धनुष र चर्चित बलिउड नायिका काजोलको मूख्य भूमिका रहेको छ । सौन्दर्य रजनीकान्तको निर्देशनमा बनेको चलचित्रमा अमला पउलको पनि मूख्य भूमिका रहेको छ ।

युट्युब ट्रेण्डिङका समयमा यस भिडियोलाई १ करोड ३७ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको थियो । भिडियोमा १०६ के लाईक र २ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । तर यो सामाग्री तयार पार्दाको समयमा भने उक्त च्यानलले यो भिडियोको हिन्दी डब्ड भर्सन हटाएको छ भने अन्य विभिन्न च्यानलहरुले यसलाई अपलोड गरेका छन् । यसको ओरिजीनल तेलुगु भर्सनमा भने यो सामाग्री तयार पार्दाको समयमा ४८ लाख १९ हजारभन्दा बढी भ्यूज छ । चलचित्रलाई ११ हजार लाईक र १ हजार ६ सय डिसलाईक प्राप्त भएका छन् । हेर्नुहोस् चलचित्र–

नम्बर २– हिन्दी चलचित्र ‘सञ्जु’ को ट्रेलर र गीत

हिन्दी चलचित्र ‘सञ्जु’ ले बलिउडमा धमाका मच्चाईसकेको छ । ट्रेण्डिङमा परेको समयमा हिन्दी मूभि ‘सञ्जु’ को ‘मै बढिया तु भी बढिया’ बोलको गीत दोस्रो नम्बरमा परेको थियो । चर्चित बलिउड स्टार सञ्जय दत्तको बायोपिककामा बनेको चलचित्रको यो गीतमा रणविर कपुर र सोनम कपुरको मूख्य अभिनय छ । गीतमा सोनु निगम र सुनिधि चौहानले आवाज दिएका छन् । रोहन–रोहनको संगीत रहेको यस गीतको शब्द पुनित शर्माले लेखेका हुन् । उक्त समयमा भिडियोलाई १ करोड ३३ लाख ४२ हजार भन्दा बढी पटक हेरिएको थियो । भिडियोमा २०३ के लाईक र १४ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका थिए । अहिले यो सामाग्री तयार पार्दाको समयमा चलचित्रको यस गीतलाई ६ करोड ३६ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ ।

२ लाख ५६ हजार लाईक र ३१ हजार डिसलाईक भएको यस गीतमा करिब ९ हजार कमेन्टहरु गरिएका छन् । त्यस्तै उक्त समयमा युट्युब ट्रेण्डिङको ३ नम्बरमा पर्न सफल हिन्दी मूभि ‘सञ्जु’ को ट्रेलरले पहिलो र दोस्रो स्थान समेत कब्जा गरेको थियो । उक्त समयमा ३ करोड ६० लाखभन्दा बढी पटक हेरिएको यस ट्रेलरलाई अहिले यो सामाग्री तयार पार्दाको समयमा ६ करोड ९७ लाख ९२ हजारभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ९ लाख १८ हजार लाईक र ४१ हजार डिसलाईकहरु गरिएका छन् । भिडियोमा ८३ हजार कमेन्टहरु गरिएका छन् ।

चलचित्रमा रणविर कपुरसँगै परेश रावल, मनिषा कोईराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, बोमन इरानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्र बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्म्सको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो । हेर्नुहोस् ट्रेलर–

यो पनि हेर्नुहोस्

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*