युट्युबमा ‘भद्रगोल’ को ट्रेण्डिङ रेकर्ड

३१ बैशाख २०७६, मंगलवार ०६:४६

मकवानपुर, ३१ बैशाख । युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड भइरहेका हुन्छन् । युट्युबमा अपलोड हुने भिडियोको तथ्याङ्क हेर्ने हो भने हामी सबैलाई अचम्म लाग्न सक्छ किन कि युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुने गरेका छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । नेपालको परिपेक्षमा हेर्ने हो भने अहिले युट्युबरहरुले मानविय समवेदनालाई चटक्कै भुलेर पैसा कमाउने बाहाना मात्र खोजेको आरोप लाग्न सुरु भएको छ । किन कि युट्युमा ट्रेण्डिङमा परेका केही भिडियोका युट्युबरहरुले पारिवारिक सम्बन्ध, हत्या लगायतका विषयलाई प्रमुख बनाउन थालेका छन् ।

तर सधैँ त्यस्तै भिडियोले मात्र युट्युबमा कब्जा जमाउँदैन । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत १ वर्षभन्दा अघिदेखि ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् । उदाहरणका लागि गत साता अर्थात मे १० तारिखमा युट्युबमा अपलोड भएको यस सिरियलको पछिल्लो भाग अझै युट्युब ट्रेण्डिङमा छ ।

एक नम्बर ट्रेण्डिङ सम्म पुगेको यो एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको नम्बर ८ मा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा २ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो उक्त सिरियलको २ सय १० औँ भाग हो जुन नेपाल टेलिभिजनमार्फत प्रसारण भएको थियो । भिडियोमा २४ हजार लाईक र २ हजार डिसलाईकहरु गरिएका छन् ।

निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई रामसार मिडियाले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । ग्रामिण परिवेशलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको सिरियललाई धेरैले रुचाउने गरेका छन् ।

सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् । हेर्नुहोस् सिरियलको २१० औँ अंक –

यो पनि हेर्नुहोस्

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*