चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

३० बैशाख २०७६, सोमबार २०:५२
Thunder Chatyang-Murchunga TV

जयराम मोक्तान, मकवानपुर, ३० बैशाख । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ की वडा सदस्य सुनमाया ब्लोन चट्याङ लागेर घाईते भएपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा आईसियुमा राखिएको छ । आईतबार बेलुकी परेको चट्याङ लागेर ब्लोन घाईते भएकी थिईन् ।

गाउँपालिकाको ४ नम्बरस्थित जयसिंह तालमा रहेको आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङमा परि वडा सदस्य ब्लोन गम्भिर घाईते भएकी हुन् । गम्भिर घाईते ब्लोनलाई आइतबार राती नै उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो । उनलाई अहिले आईसियुमा राखेर उपचार उपचार गराइरहेको ४ नम्बरका वडा अध्यक्ष संजय कोइरालाले जानकारी दिए । चट्याङ लागेर कम्मर भन्दा मुनिको भागमा गम्भिर असर परेको र उक्त भाग नचलेको समेत उनले बताए ।

उनको उपचारमा हालसम्म ४० हजार भन्दा बढी खर्च भइसकेको र थप उपचारका लागि अझै आइसियुमा राख्नु पर्ने भएकाले आर्थिक अभाव भएको समेत बताइएको छ । उनका श्रीमान टिकाराम ब्लोनले आर्थिक सहायताका लागि सहयोग समेत मागेका छन् ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो ।

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*